सुन्दर रूप, सरल स्वभाव र मधुर स्वरकी धनी गायिका तथा कार्यक्रम प्रस्तोता प्रशाना पाण्डेको बेजोड प्रस्तुति रहेको सिद्धार्थ फुड फेस्टिभल २०८३ भैरहवाको देवकोटा चोकमा भव्य रूपमा सम्पन्न भइरहेको छ।
आफ्नो आकर्षक व्यक्तित्व, सुमधुर आवाज र उत्कृष्ट कार्यक्रम सञ्चालन शैलीमार्फत प्रशाना पाण्डेले दर्शक तथा श्रोताहरूको मन जितिरहेकी छन्।
चेम्बर अफ कमर्स, रुपन्देहीको आयोजनामा सिद्धार्थ फुड फेस्टिभल २०८३ म्युजिकल नाइट यही असोज २४ र २५ गते देवकोटा चोक, भैरहवामा भव्य रूपमा आयोजना भैरहेको छ।
खानाका पारखीहरूका लागि विशेष आकर्षण बन्ने यस फेस्टिभलमा १०० भन्दा बढी फुड स्टलहरू रहनेछन्। विभिन्न स्वादिष्ट परिकारको स्वाद लिनुका साथै संगीत, मनोरञ्जन र सांस्कृतिक प्रस्तुतिहरूको भरपूर आनन्द लिन सकिनेछ।

यस कार्यक्रमलाई अझ विशेष र मनोरञ्जनात्मक बनाउन विभिन्न चर्चित तथा स्थानीय कलाकारहरूको धमाकेदार सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रमको मुख्य आकर्षणका रूपमा स्टेज किङ दुर्गेश थापा र गायिका तथा कार्यक्रम प्रस्तोता प्रशाना पाण्डे को विशेष उपस्थिति रहनेछ।
खाना, संगीत र मनोरञ्जनको संगम बन्ने यस महोत्सवले भैरहवाको पर्यटन, व्यापार, कला र संस्कृतिलाई प्रवर्द्धन गर्नुका साथै स्थानीय व्यवसायी तथा कलाकारहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको यस छ।कार्यक्रमका कार्यक्रम व्यवस्थापक विनोद खरेलजीले जानकारी गराउनुभएको छ।
यस भव्य महोत्सवको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दै बहुप्रतिभाशाली कलाकार प्रशाना पाण्डे र दुर्गेश थापा लगायत सम्पूर्ण कलाकार, आयोजक तथा सहभागीहरूलाई विशेष शुभकामना !
सिद्धार्थ फुड फेस्टिभल २०८३ — स्वाद, संगीत र मनोरञ्जनको भव्य संगम!
