Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

बिमस्टेक एजेन्डामा गृहमन्त्री र उद्योगीबीच छलफल

बिमस्टेक एजेन्डामा गृहमन्त्री र उद्योगीबीच छलफल
A A+ A-

काठमाडौँ । बिमस्टेकका गृहमन्त्रीस्तरीय बैठकमा नेपाल–भारत व्यापार र सीमा व्यवस्थापनका व्यावहारिक समस्या उठाउने तयारी गरिएको छ। बैठकमा नेपालको प्राथमिकता तय गर्न गृहमन्त्री सुधन गुरुङले शुक्रबार निजी क्षेत्रका उद्योगी तथा व्यवसायीसँग छलफल गरेका छन्।

नेपाल र भारतबीचको व्यापारमा देखिएका कठिनाइ, सीमा वारपार हुने कारोबार र व्यापार सहजीकरणका विषयमा जानकारी लिन गृहमन्त्रीले उद्योगीहरूसँग अन्तरक्रिया गरेका हुन्।

सांसद तथा उद्योगी विदूषी राणाका अनुसार छलफलमा विशेषगरी नेपाल–भारत व्यापारमा संलग्न उद्योगी तथा व्यवसायीका समस्या र व्यावहारिक कठिनाइबारे चासो राखिएको थियो।

‘गृहमन्त्रीज्यूले नेपाल–भारत क्रस–बोर्डरमा भइरहेका समस्या र दुई देशबीचको व्यापारिक अवस्थाबारे जानकारी लिनुभएको हो,’ राणाले भनिन्, ‘नेपाल र भारतको व्यापारमा केकस्ता व्यावहारिक कठिनाइ छन् भनेर उहाँले चासो राख्नुभएको थियो।’

बिमस्टेक बैठकमा नेपालका तर्फबाट ठोस र व्यावहारिक विषय प्रस्तुत गर्ने उद्देश्यले गृह मन्त्रालयले छलफल आयोजना गरेको हो। बैठकमा उठाउनुपर्ने प्राथमिकता पहिचान गर्न निजी क्षेत्रका सुझाव संकलन गरिएको बताइएको छ।

छलफलमा करिब ३० जना उद्योगी तथा व्यवसायी सहभागी थिए। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाललगायत व्यावसायिक क्षेत्रका प्रतिनिधि सहभागी भएका थिए।

त्यस्तै, उद्योगी शेखर गोल्छा, सुरज वैद्य, राजेन्द्रकुमार खेतान, अरुण चौधरी, रितेश गोल्छा, दीपक मलहोत्रा र कुशकुमार जोशीलगायतले पनि गृहमन्त्रीसँग व्यापार सहजीकरण तथा सीमा व्यवस्थापनका विषयमा सुझाव राखेका थिए।

गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाने कार्यक्रम छ। गृहमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ। बिमस्टेक बैठकमा निजी क्षेत्रसँगको छलफलबाट प्राप्त सुझावलाई नेपालको प्राथमिकताका रूपमा प्रस्तुत गर्ने तयारी गरिएको छ।

2