Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

मोबाइलबाट चाँदी किन्दा टेस्ला जित्ने मौका

मोबाइलबाट चाँदी किन्दा टेस्ला जित्ने मौका
A A+ A-

काठमाडौं । मोबाइल एपबाट चाँदी किन्ने ग्राहकले टेस्ला गाडी जित्न सक्ने भएका छन्। हिमालयन बुलियन कम्पनी लिमिटेडले चाँदीको खरिदबिक्री र लगानी व्यवस्थापन सहज बनाउन ‘एचबीसी सिल्भर’ मोबाइल एप सार्वजनिक गर्दै यस्तो अवसर ल्याएको हो।

कम्पनीका अनुसार एपमार्फत ग्राहकले मोबाइलबाटै चाँदी खरिद गर्न, बिक्री गर्न र आफ्नो लगानीको विवरण हेर्न सक्नेछन्। आफूसँग रहेको चाँदीको परिमाण तथा त्यसको तत्कालीन बजार मूल्यसमेत एपबाटै थाहा पाउन सकिनेछ।

एपमार्फत चाँदीको खरिदबिक्री गर्ने एक जना ग्राहकलाई टेस्ला गाडी प्रदान गरिने कम्पनीले जनाएको छ। उक्त गाडी आगामी वर्ष कम्पनीको वार्षिक साधारणसभामा चिठ्ठामार्फत वितरण गर्ने तयारी गरिएको छ।

एपमा खाता खोल्ने प्रक्रिया सहज बनाइएको कम्पनीको भनाइ छ। पहिलोपटक चाँदी खरिद गर्दा भने नेपाल राष्ट्र बैंक तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रचलित व्यवस्थाअनुसार स्थायी लेखा नम्बर र फोटोसहितको ग्राहक पहिचान विवरण प्रमाणित गर्नुपर्नेछ।

प्रयोगकर्ताले एपमा उपलब्ध खरिद विकल्पमार्फत तत्कालीन बजार मूल्यमा चाँदी खरिद गर्न सक्नेछन्। भुक्तानीका लागि कनेक्टआईपीएस वा एचबीसीको विद्युतीय खाताको सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

खरिद गरिएको चाँदीको पूर्ण भुक्तानी नभएसम्म बिमा गरिएको सुरक्षित भण्डारण कक्षमा राखिने व्यवस्था छ। ग्राहकले आवश्यक परेको समयमा पूर्वनिर्धारित समय मिलाएर आफ्नो चाँदी बुझिलिन सक्नेछन्।

एपले चाँदीमा भौतिक लगानी गर्न चाहने ग्राहकलाई खरिद, बिक्री र लगानीको मूल्य अनुगमन गर्न सहज बनाउने कम्पनीको अपेक्षा छ। यसअघि चाँदी खरिद गर्न प्रत्यक्ष रूपमा कारोबार गर्नुपर्ने अवस्थालाई डिजिटल माध्यमबाट थप सुविधाजनक बनाउने उद्देश्यले एप ल्याइएको कम्पनीले जनाएको छ।

‘एचबीसी सिल्भर’ एप एन्ड्रोइड र एप्पलका आइफोन दुवैमा उपलब्ध छ। एप सञ्चालन, खाता खोल्ने प्रक्रिया तथा अन्य जानकारीका लागि हिमालयन बुलियनको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

2