Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

एप्पलले ल्याउँदै टचस्क्रिन म्याकबुक र आईप्याड

एप्पलले ल्याउँदै टचस्क्रिन म्याकबुक र आईप्याड
A A+ A-

एजेन्सी । एप्पलले अक्टोबरमा पहिलो टचस्क्रिन म्याकबुक, नयाँ आईप्याड मिनी र स्मार्ट होम उपकरण सार्वजनिक गर्न सक्ने भएको छ। विभिन्न मिडिया रिपोर्टअनुसार कम्पनीले अक्टोबरको मध्य र अन्त्यतिर छुट्टाछुट्टै कार्यक्रममार्फत नयाँ उत्पादन प्रस्तुत गर्ने तयारी गरिरहेको छ।

रिपोर्टअनुसार अक्टोबरको अन्त्यतिर हुने कार्यक्रममा एप्पलले टचस्क्रिनसहितको नयाँ म्याकबुक प्रो सार्वजनिक गर्न सक्छ। यसमा ओएलईडी डिस्प्ले, हलुका डिजाइन र आईफोनमा प्रयोग हुँदै आएको डायनामिक आइल्यान्ड सुविधा रहने सम्भावना छ। यद्यपि कम्पनीले यी विशेषताबारे आधिकारिक पुष्टि गरेको छैन।

नयाँ म्याकबुक प्रोका साथै एप्पलले नियमित म्याकबुक प्रो र आईम्याकलाई पनि नयाँ एम६ चिपसेटसहित अद्यावधिक गर्न सक्ने बताइएको छ। नयाँ मोडलमा विद्यमान डिजाइनलाई निरन्तरता दिँदै कार्यक्षमता र प्रदर्शन सुधार गर्ने अपेक्षा गरिएको छ।

नयाँ टचस्क्रिन म्याकबुक विशेषगरी भिडियो सम्पादन, फोटो एडिटिङ र संगीत उत्पादनमा संलग्न व्यावसायिक प्रयोगकर्तालाई लक्षित हुने अनुमान गरिएको छ। टचस्क्रिन सुविधा थपिएमा म्याकबुकको प्रयोग अनुभवमा महत्वपूर्ण परिवर्तन आउन सक्छ।

एप्पलले नयाँ आईप्याड मिनी पनि सार्वजनिक गर्ने तयारी गरेको रिपोर्टमा उल्लेख छ। यसमा पहिलोपटक ओएलईडी डिस्प्ले प्रयोग हुन सक्नेछ। भिडियो कललाई सहज बनाउन अगाडिको क्यामेरा ल्यान्डस्केप पोजिसनमा राखिने र स्पिकर प्रणालीमा सुधार गरिने सम्भावना छ। एप्पलले आईप्याड मिनीलाई पछिल्लोपटक सन् २०२४ मा अद्यावधिक गरेको थियो।

म्याकबुक र आईप्याड सार्वजनिक गर्नुअघि अक्टोबर १३ मा स्मार्ट होम उपकरणसम्बन्धी कार्यक्रम आयोजना हुन सक्ने रिपोर्टमा उल्लेख छ। उक्त कार्यक्रममा डिस्प्लेसहितको स्मार्ट होम हब, नयाँ होमपोड मिनी र अद्यावधिक एप्पल टिभी सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ।

नयाँ स्मार्ट होम उपकरणहरू सञ्चालन तथा नियन्त्रण गर्न सिरीको भूमिका महत्वपूर्ण हुने बताइएको छ। यी उपकरणले घरभित्रका विभिन्न स्मार्ट डिभाइसलाई एउटै प्रणालीबाट नियन्त्रण गर्ने सुविधा दिन सक्नेछन्।

एप्पलको नयाँ उत्पादन सार्वजनिक गर्ने कार्यक्रमको मिति, उत्पादनको उपलब्धता र मूल्यबारे कम्पनीले औपचारिक घोषणा गरिसकेको छैन। त्यसैले टचस्क्रिन म्याकबुक, ओएलईडी आईप्याड मिनी र स्मार्ट होम उपकरणसम्बन्धी विवरणलाई हालका लागि मिडिया रिपोर्टमा आधारित अनुमानका रूपमा लिनुपर्नेछ।

2