काठमाडौं: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ। बजारमा धेरैजसो तरकारीको मूल्यमा वृद्धि देखिएको छ।
समितिको तथ्यांक अनुसार ठूलो नेपाली र भारतीय गोलभेँडाको औसत मूल्य प्रतिकिलो ६५ रुपैयाँ कायम भएको छ। त्यसैगरी, स्थानीय काउलीको मूल्य १०० रुपैयाँ, लोकल गाँजर ११० रुपैयाँ र तने बोडीको मूल्य १३० रुपैयाँ प्रति किलो पुगेको छ।
अन्य तरकारीहरूमा करेला ११३ रुपैयाँ, लौका ९५ रुपैयाँ, लोकल परबल ११० रुपैयाँ, भिन्डी ११० रुपैयाँ र ब्रोकाउली २२५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। सागसब्जी तर्फ रायो र पालुंगो सागको औसत मूल्य १३५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
बजारमा कन्य च्याउको मूल्य २७५ रुपैयाँ, डल्ले च्याउ ५२५ रुपैयाँ र कुरिलो ७५० रुपैयाँ प्रतिकिलो रहेको छ। रातो आलु (लाम्चो) ५७ रुपैयाँ र भारतीय सुकेको प्याज ८२ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।
समितिका अनुसार केही तरकारीको मूल्य भने स्थिर रहेको छ। यो सूची थोक बजारको मूल्य हो, खुद्रा बजारमा उपभोक्ताले तिर्ने मूल्य यसभन्दा बढी हुन सक्नेछ।
