Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

इनड्राइभको नयाँ क्याम्पेन सार्वजनिक

इनड्राइभको नयाँ क्याम्पेन सार्वजनिक
A A+ A-

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ नारासहित नयाँ प्यासेन्जर ३६० क्याम्पेन सार्वजनिक गरेको छ। यात्रु र चालकबीचको आपसी सहमतिमा भाडा निर्धारण गर्ने प्रणालीलाई केन्द्रमा राखिएको क्याम्पेनले भाडामा छनोटको स्वतन्त्रता, सवारीको सहज उपलब्धता र यात्राअघिको पारदर्शितालाई प्राथमिकता दिएको छ।

इनड्राइभको एपमार्फत यात्रुले सुझाइएको भाडा हेरेर आफूले तिर्न चाहेको रकम प्रस्ताव गर्न सक्छन्। नजिक रहेका चालकले उक्त प्रस्ताव स्वीकार गर्न वा आफ्नोतर्फबाट अर्को भाडा प्रस्ताव गर्न सक्छन्। त्यसपछि यात्रुले भाडा, चालक पुग्ने अनुमानित समय, चालकको रेटिङ र सवारीसाधनका आधारमा आफूलाई उपयुक्त चालक छनोट गर्न पाउँछन्।

यात्रा सुरु हुनुअघि नै भाडा तय हुने भएकाले यात्रुले तिर्नुपर्ने रकमबारे अग्रिम जानकारी पाउने कम्पनीले जनाएको छ। दैनिक आवतजावत गर्ने यात्रुका लागि भाडाको पूर्वजानकारी र समयमै सवारी उपलब्ध हुने सुविधालाई क्याम्पेनले विशेष जोड दिएको छ।

यो प्रणाली यात्रुका लागि मात्र नभई चालकका लागि पनि छनोटको अवसर प्रदान गर्ने खालको रहेको कम्पनीको भनाइ छ। चालकले आफूलाई उपयुक्त लागेका सवारी अनुरोध स्वीकार गर्न वा प्रस्तावित भाडामा सहमति नभए वैकल्पिक रकम प्रस्तुत गर्न सक्छन्। यस प्रक्रियाबाट दुवै पक्षको सहमतिमा भाडा निर्धारण हुने अवधारणालाई क्याम्पेनले प्रवर्द्धन गरेको छ।

इनड्राइभका एसिया प्यासिफिक क्षेत्रीय निर्देशक मार्क टलीले काठमाडौंका यात्रुका लागि भाडाको पूर्वजानकारी र समयमै सवारी उपलब्ध हुनु महत्त्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार आपसी सहमतिमा भाडा निर्धारण गर्ने व्यवस्था इनड्राइभको प्रमुख विशेषता हो। यसले यात्रुलाई भाडा छनोटको स्वतन्त्रता दिनुका साथै चालकलाई पनि आफ्नो आम्दानीसम्बन्धी निर्णयमा सहभागी गराउँछ।

टलीले नयाँ क्याम्पेनमार्फत नेपालका यात्रुलाई सहज, भरपर्दो र तिरेको रकमअनुसार उचित मूल्य प्राप्त हुने सवारी सेवा उपलब्ध गराउने प्रतिबद्धतालाई थप बलियो बनाउन खोजिएको बताए।

इनड्राइभकी ब्रान्ड एम्बेसडर तथा अभिनेत्री स्वस्तिमा खड्काले पनि कम्पनीको प्रमुख विशेषता पारदर्शिता रहेको बताएकी छन्। यात्रा सुरु हुनुअघि नै यात्रु र चालकबीच भाडामा सहमति हुने भएकाले यात्राको अन्त्यमा रकमलाई लिएर हुन सक्ने असमझदारी कम हुने उनको भनाइ छ। व्यस्त काठमाडौंमा भाडाको अन्योलबिना यात्रा गर्न पाउनु यात्रुका लागि महत्त्वपूर्ण रहेको उनले बताइन्।

क्याम्पेनअन्तर्गत स्वस्तिमा खड्का अभिनीत नयाँ भिडियोसमेत सार्वजनिक गरिएको छ। नेपाली मौलिक संस्कृति झल्काउने संगीत र स्थानीय परिवेश समेटिएको भिडियोले यात्रु र चालकबीचको सहमति, विश्वास र सन्तुष्टिको सन्देश प्रस्तुत गरेको कम्पनीले जनाएको छ। नेपाली दर्शकको दैनिक जीवनशैली र सांस्कृतिक भावनासँग जोडिने गरी तयार गरिएको भिडियोले क्याम्पेनको सन्देशलाई थप प्रभावकारी बनाउने अपेक्षा कम्पनीको छ।

2