Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

बुस्टर फिडको व्यापार सवा दुई अर्ब

बुस्टर फिडको व्यापार सवा दुई अर्ब
A A+ A-

काठमाडौं । बुस्टर र सौगुना ब्रान्डका पशुपन्छीको दाना उत्पादन तथा बिक्री गर्ने बुस्टर फिड इन्डस्ट्रिजले एकै वर्ष २ अर्ब ३१ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ। कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढेको हो। उत्पादन क्षमता प्रतिघण्टा १५ मेट्रिक टनबाट बढाएर २५ मेट्रिक टन पुर्‍याएसँगै व्यापार विस्तार भएको कम्पनीले जनाएको छ।

कम्पनीले सन् २०२५ मा १ अर्ब ९७ करोड १० लाख रुपैयाँ र सन् २०२४ मा १ अर्ब ९१ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो। सन् २०२३ देखि २०२६ सम्मको अवधिमा कम्पनीको वार्षिक व्यापार औसत ८ प्रतिशतले बढेको विवरणमा उल्लेख छ।

उत्पादन क्षमता विस्तारसँगै कम्पनीको सञ्चालन नाफा पनि बढेको छ। गत आर्थिक वर्षमा सञ्चालन नाफा १५ करोड ७० लाख रुपैयाँ पुगेको छ। सन् २०२५ मा यस्तो नाफा १४ करोड ८० लाख रुपैयाँ थियो। यद्यपि, कम्पनीको सञ्चालन मार्जिन भने घटेको छ। सन् २०२५ मा ७.५१ प्रतिशत रहेको सञ्चालन मार्जिन सन् २०२६ मा ६.८१ प्रतिशतमा झरेको छ।

कम्पनीको ग्रस क्यास एक्रुअल पनि बढेको छ। सन् २०२५ मा १० करोड ५० लाख रुपैयाँ रहेको यस्तो रकम सन् २०२६ मा ११ करोड २० लाख रुपैयाँ पुगेको छ। यसले कम्पनीको नगद आर्जनमा सुधार देखाए पनि सञ्चालन मार्जिनमा आएको गिरावटले लागत र नाफाको अनुपातमा दबाब रहेको संकेत गर्छ।

कम्पनीको वित्तीय विवरणअनुसार सन् २०२५ मा ०.६९ गुणा रहेको समग्र गियरिङ अनुपात सन् २०२६ मा ०.७४ गुणा पुगेको छ। त्यस्तै, खुद सम्पत्ति ४८ करोड ९० लाख रुपैयाँबाट बढेर ५४ करोड ६० लाख रुपैयाँ पुगेको छ।

कम्पनीको ब्याज कभरेज अनुपात ७.९४ गुणा रहेको छ। कुल ऋण र ग्रस क्यास एक्रुअलको अनुपात भने सन् २०२५ को ३.१९ गुणाबाट बढेर सन् २०२६ मा ३.५९ गुणा पुगेको छ। यसले ऋणको तुलनामा नगद आर्जनको अवस्था मूल्यांकन गर्दा ध्यान दिनुपर्ने देखाउँछ।

सन् २०१४ मा स्थापना भएको बुस्टर फिडले ब्रोइलर तथा लेयर कुखुरा, गाईवस्तु र बंगुरका लागि विभिन्न प्रकारका दाना उत्पादन गर्दै आएको छ। प्रतिघण्टा २५ मेट्रिक टन उत्पादन क्षमता रहेको कम्पनीले देशभर १५० भन्दा बढी वितरण केन्द्रमार्फत आफ्ना उत्पादन बिक्री गर्दै आएको छ।

गोपाल टन्डन अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ८३ करोड रुपैयाँको क्रेडिट रेटिङ गराएको छ। यसमध्ये दीर्घकालीन कर्जातर्फ ७ करोड ६६ लाख रुपैयाँ र अल्पकालीन कर्जातर्फ ७५ करोड ३३ लाख रुपैयाँ रहेको छ।

2