काठमाडौं । व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा महानायक राजेश हमाललगायत विभिन्न कलाकारको उपस्थिति रहेको थियो। सोही अवसरमा प्रतियोगिताको ताज सार्वजनिक गरिएको हो।
कार्यक्रममा प्रतियोगीहरूले तीन विशेष पहिरनमा आकर्षक प्रस्तुति दिएका थिए। विभिन्न पहिरन र शैलीमा सजिएका प्रतियोगीहरूले आफ्नो व्यक्तित्व, आत्मविश्वास र आकर्षण प्रदर्शन गरेका थिए।
सौन्दर्य, आत्मविश्वास र प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गरिएको कार्यक्रममा कलाकार तथा अन्य अतिथिको सहभागिताले थप रौनक बढाएको थियो। प्रतियोगीहरूको प्रस्तुतिले कार्यक्रमलाई आकर्षक बनाएको आयोजकले जनाएको छ।




