Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

बाढीपीडितलाई सामसङको विशेष राहत सेवा

बाढीपीडितलाई सामसङको विशेष राहत सेवा
A A+ A-

काठमाडौं । सामसङ नेपालले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गर्दै विशेष मर्मत सेवा अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत मोबाइल फोन तथा घरायसी उपकरणको मर्मत र नयाँ सामान फेर्न लाग्ने खर्चमा शतप्रतिशतसम्म छुट उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

अक्टोबर २ देखि नोभेम्बर २ सम्म सञ्चालन हुने अभियानका लागि कम्पनीले चितवनको नारायणघाट र काठमाडौंको पाकोस्थित ताम्राकार सर्भिस सेन्टरमा विशेष सेवा केन्द्र सञ्चालन गरेको छ । घरायसी उपकरणको मर्मतका लागि घरमै पुगेर सेवा दिने व्यवस्था पनि गरिएको छ ।

अभियानमा स्मार्टफोन, ट्याब्लेट, फ्रिज, वासिङ मेसिन, टेलिभिजनलगायत छनोट गरिएका सामसङका उत्पादन समावेश छन् । नेपाल सरकारले विपद् संकटग्रस्त घोषणा गरेका १५ स्थानीय तहका बाढी प्रभावित बासिन्दाका साथै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँलगायत आसपासका जिल्लाका बासिन्दाले यो सेवा लिन सक्नेछन् ।

कम्पनीका अनुसार छुटको मात्रा उपकरणको उमेर र वारेन्टीको अवस्थाका आधारमा निर्धारण गरिनेछ । वारेन्टी अवधि बाँकी रहेका उपकरणको मर्मत तथा नयाँ सामान फेर्न शतप्रतिशत छुट उपलब्ध हुनेछ ।

एकदेखि दुई वर्ष पुराना घरायसी उपकरण तथा मोबाइलमा मर्मत र नयाँ सामान फेर्न ८० प्रतिशत छुट दिइनेछ । दुईदेखि पाँच वर्ष वा सोभन्दा पुराना घरायसी उपकरणमा तथा दुईदेखि चार वर्ष पुराना मोबाइलमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

नयाँ पार्टपुर्जा, मर्मत ज्याला र ढुवानी खर्च जोड्दा उपकरणको कुल बजार मूल्यको ८० प्रतिशतभन्दा बढी हुने अवस्था आएमा मर्मतको सट्टा नयाँ उपकरण उपलब्ध गराउने विकल्पमा विचार गर्न सकिने कम्पनीले जनाएको छ ।

नारायणघाट र पाकोस्थित ताम्राकारका सेवा केन्द्रलाई प्रमुख केन्द्र बनाएर बाढी प्रभावित जिल्ला तथा आसपासका क्षेत्रका ग्राहकलाई सेवा दिने कम्पनीको योजना छ । योग्य सामसङ स्मार्टफोन र ट्याब्लेट भएका ग्राहकले जाँच तथा मर्मत सहायताका लागि आफ्ना उपकरण तोकिएका सेवा केन्द्रमा लैजान सक्नेछन् ।

2