काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बर्दिया र रौतहटका उखु किसानलाई अनुदानबापतको १० करोड ४३ लाख रुपैयाँ भुक्तानीका लागि निकासा गरेकी छन्।
गत आर्थिक वर्षको उखु उत्पादनमा आधारित अनुदानबापतको उक्त रकम कोष तथा लेखा नियन्त्रक कार्यालयमा निकासा गरिएको हो।
उक्त रकम बर्दिया र रौतहटका ४ हजार ८४२ किसानको बैंक खातामा जम्मा गरिनेछ। दसैँअघि नै किसानको खातामा रकम पुग्ने गरी मन्त्री चौधरीले मन्त्रालयबाट रकम निकासा गराएकी हुन्।
