Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

माउन्ट एभरेस्ट डिस्टिलरीका दुई ब्रान्ड सार्वजनिक

माउन्ट एभरेस्ट डिस्टिलरीका दुई ब्रान्ड सार्वजनिक
A A+ A-

काठमाडौं । माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले ‘माउन्ट गोल्ड’ प्रिमियम ह्विस्की र ‘ब्ल्याक पर्ल’ प्रिमियम भोड्का बजारमा ल्याएको छ। कम्पनीले आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गर्दै यी दुई ब्रान्ड सार्वजनिक गरेको हो।

नेपालमा १८ वर्षदेखि स्पिरिट्स उत्पादन गर्दै आएको कम्पनीले ‘माउन्ट गोल्ड’ २५ यूपी प्रिमियम ह्विस्की र ‘ब्ल्याक पर्ल’ ३० यूपी प्रिमियम भोड्का बजारमा ल्याएको जनाएको छ।

कम्पनीका अनुसार ‘माउन्ट गोल्ड’ ह्विस्कीले ‘गोल्डेन लाइट इन्डलेस नेपाल’ अवधारणामार्फत नेपाली पहिचान र प्रिमियम जीवनशैलीलाई प्रस्तुत गर्नेछ। यो ह्विस्की ७५०, ३७५ र १८० मिलिलिटरका बोतलमा उपलब्ध हुनेछ। यसको अधिकतम खुद्रा मूल्य क्रमशः ३ हजार, १ हजार ५०० र ७५० रुपैयाँ तोकिएको छ।

त्यस्तै, आधुनिक प्रिमियम भोड्का बजारलाई लक्षित गरी ल्याइएको ‘ब्ल्याक पर्ल’ को ब्रान्ड अवधारणा ‘द पिक अफ प्युरिटी’ रहेको कम्पनीले जनाएको छ। यो भोड्का पनि ७५०, ३७५ र १८० मिलिलिटरका बोतलमा उपलब्ध हुनेछ। यसको अधिकतम खुद्रा मूल्य क्रमशः २ हजार ४००, १ हजार २०० र ६०० रुपैयाँ निर्धारण गरिएको छ।

दसैँलाई लक्षित गरी दुवै ब्रान्ड काठमाडौं, पोखरालगायत प्रमुख सहरका बजार तथा छनोट गरिएका प्रिमियम आउटलेटमार्फत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नयाँ ब्रान्ड सार्वजनिक गर्नु प्रिमियम उत्पादन पोर्टफोलियो विस्तार गर्ने र नेपाली स्पिरिट्स बजारमा विभिन्न श्रेणीका उत्पादन उपलब्ध गराउने रणनीतिको हिस्सा हो। आगामी दिनमा उपभोक्ताको बदलिँदो रुचि र बजारको आवश्यकतालाई ध्यानमा राख्दै नयाँ उत्पादन ल्याउँदै जाने कम्पनीले जनाएको छ।

2