काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान) का महाप्रबन्धक उत्सव ढुङ्गानाले आज सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
त्यस अवसरमा प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै देशमा क्रिकेटको संस्थागत विकासमा यसबाट योगदान पुग्ने विश्वास व्यक्त गरे। यही कात्तिक ९ देखि आगामी मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा एनपिएल हुँदैछ।

