Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

धानखेत मासेर अलैंची खेतीतर्फ किसानको आकर्षण

धानखेत मासेर अलैंची खेतीतर्फ किसानको आकर्षण
A A+ A-

काठमाडौं: इलामका किसानहरू यतिबेला अलैंची टिप्ने, छोडाउने र सुकाउने चटारोमा छन्। उत्पादन र आम्दानी दुवैमा सुधार देखिएपछि किसानहरू धानखेती मासेरै अलैंची विस्तार गर्न थालेका छन्। सन्दकपुर गाउँपालिका-३, सुलुबुङका किसानहरूले मात्र यस वर्ष ३ करोड रुपैयाँभन्दा बढीको अलैंची उत्पादन हुने अनुमान गरेका छन्।

स्थानीय किसान टंककुमार ढकालका अनुसार धानबालीको तुलनामा अलैंची खेतीमा कम मेहनत लाग्छ। उनले भने, ‘धानबालीमा धेरै मेहनत गर्नुपर्छ तर अलैंची रोपेपछि १-२ पटक गोडमेल गर्दा नै हुन्छ।’ सोही क्षेत्रमा मात्र यस वर्ष ३ सय मन अलैंची उत्पादन हुने अनुमान छ।

माइजोगमाई गाउँपालिका-५, शिरिसेका महेश सापकोटाले बिरुवा बिक्रीबाट मात्र यस वर्ष करिब १ करोड रुपैयाँ आम्दानी गरेको बताए। उनले इलामका विभिन्न पालिकाका साथै देशका अन्य जिल्लामा पनि अलैंचीका बिरुवा पुगिरहेको जानकारी दिए। इलामका माइजोगमाई, फाकफोकथुम, देउमाई, सन्दकपुर, सूर्योदय र रोङलगायतका पालिकामा अलैंची खेती हुने गरेको छ।

मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा नेपालबाट १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार रुपैयाँ बराबरको ६३ लाख ८५ हजार ८ सय ७० किलो अलैंची निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ७ अर्ब ६७ करोड ४० लाख ३७ हजार रुपैयाँको अलैंची निर्यात भएको थियो।

नेपाल अलैंची व्यवसायी संघका अनुसार अलैंचीको मूल्य अहिले पारदर्शी छ। अघिल्लो वर्ष प्रतिमन (४० किलो) ७० देखि ८० हजार रुपैयाँमा बिक्री भएको अलैंची, आव २०८२/०८३ मा १ लाख ६ हजार रुपैयाँसम्ममा बिक्री भएको थियो। देशका ५४ जिल्लामा अलैंची खेती भए पनि मुख्य उत्पादन मेची पहाडका जिल्लाहरूमा हुने गरेको छ। यहाँ भार्लाङ, रामसाई, चिवे, गोलसाई र जिर्मलेलगायत जातका अलैंची लगाइन्छ।

2