Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

काठमाडौँ महानगरमा प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध

काठमाडौँ महानगरमा प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध
A A+ A-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारका अवसरमा महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला र सजावटका सामग्री बिक्री गर्न प्रतिबन्ध लगाएको छ। महानगरले एक सार्वजनिक सूचना जारी गर्दै प्लास्टिक वा गुणस्तरहीन सामग्री बिक्री गरेको पाइएमा जफत गरिने चेतावनी दिएको छ।

महानगरपालिकाले व्यवसायी, व्यापारी र सर्वसाधारणलाई प्लास्टिकका सामग्री बिक्री नगर्न र स्वदेशी फूल तथा मालाको प्रयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ। सूचनाको अवज्ञा गरी प्लास्टिकजन्य सामग्री बिक्री गरेको पाइएमा ती सामग्री जफत गरिने महानगरले जनाएको छ।

स्थानीय किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्रीका लागि महानगर प्रहरी बलले सरोकारवाला निकायसँगको समन्वयमा विभिन्न स्थानहरू तोकेको छ। तोकिएका स्थानहरूमा एनबी सेन्टर नयाँ बानेश्वर, शंखमूलस्थित बिग मार्ट, आई प्लेक्स मल, सेल्स बेरी मध्य बानेश्वर, फोनेक्स टावर बत्तीसपुतली, तिनकुने चौर, सिफल चौर, चाबहिलस्थित ए.सी. कम्लेक्स, चाबहिल गणेशस्थान तरकारी बजार, के.एल. टावरअगाडि, स्वयम्भू धर्म चक्र पार्क, कालीमाटी, कलंकीस्थित भाटभटेनी, नयाँ बजार, माछापोखरी, हाँडीगाउँ, सामाखुसी, महाराजगन्ज, गोंगबु, चप्पलकारखाना, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धाराको काठमाडौँ मल, न्युप्लाजा, लगन, जैसीदेवल र भृकुटीमण्डप रहेका छन्।

सहजीकरणका लागि महानगर प्रहरी बलको सम्पर्क नम्बर ०१-५९०१७६३, ०१-५९०१७६४ र मोबाइल नम्बर ९८५१३५६५०९ मा सम्पर्क गर्न सकिने महानगरले जनाएको छ।

2