Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

चाडपर्वको बिदामा घुम्न सकिने लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य

चाडपर्वको बिदामा घुम्न सकिने लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य
A A+ A-

काठमाडौं: लुम्बिनी प्रदेशमा दशैँ र तिहारजस्ता चाडपर्वको बिदामा घुमफिर गर्न सकिने दर्जनभन्दा बढी आकर्षक पर्यटकीय गन्तव्यहरू छन्। अहिलेको अनुकूल मौसमका कारण आन्तरिक पर्यटकहरूका लागि यो क्षेत्र भ्रमणको उत्तम समय मानिन्छ।

लुम्बिनी प्रदेशमा लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी, तिलौराकोट, पाल्पाको रानीमहल, गुल्मीको रेसुङ्गा, अर्घाखाँचीको सुपादेउराली र रुकुमपूर्वको हिमाली जीवनशैली प्रमुख गन्तव्यका रूपमा रहेका छन्। पर्यटन विज्ञ युवराज कँडेलका अनुसार घुमफिरले रमाइलो मात्र नभई स्थानीय अर्थतन्त्रमा समेत टेवा पुर्‍याउँछ। भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको ऐतिहासिक र धार्मिक सम्पदा हो।

लुम्बिनी विकास कोषका अनुसार यहाँ वार्षिक १० लाख पर्यटक आउने गर्छन्। मायादेवी मन्दिर, अशोक स्तम्भ र विभिन्न देशले निर्माण गरेका बिहार यहाँका मुख्य आकर्षण हुन्। बुटवलमा सञ्चालित दुईवटा केबलकारले पनि पर्यटकलाई आकर्षित गरिरहेका छन्। लुम्बिनी र सिद्धार्थ केबलकारमार्फत पाल्पाको बसन्तपुर र नुवाकोट पुग्न सकिन्छ। यसका साथै जीतगढी किल्ला र मणिमुकुन्द सेन उद्यान पनि बुटवलका प्रमुख स्थल हुन्।

प्रकृतिप्रेमीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज उत्कृष्ट गन्तव्य हो। यहाँ जङ्गल सफारीमार्फत बाघ, गैँडा र डल्फिनसमेत अवलोकन गर्न सकिन्छ। थारू समुदायको मौलिक संस्कृति र होमस्टेले बर्दियाको यात्रालाई थप रोचक बनाउँछ। पाल्पाको तानसेन, रानीमहल र श्रीनगर डाँडा पनि उत्तिकै चर्चित छन्। कालीगण्डकी किनारमा रहेको रानीमहललाई नेपालको ताजमहलसमेत भनिन्छ।

धार्मिक आस्थाका लागि प्यूठानको स्वर्गद्वारी र अर्घाखाँचीको सुपादेउराली प्रसिद्ध छन्। स्वर्गद्वारीबाट धौलागिरि, माछापुच्छ्रे र अन्नपूर्णलगायतका हिमशृङ्खला देख्न सकिन्छ। त्यस्तै, गुल्मीको रेसुङ्गा र धुर्कोट दरबार क्षेत्र ऐतिहासिक तथा प्राकृतिक पर्यटनका लागि महत्त्वपूर्ण मानिन्छन्। रुकुमपूर्वको हिमाली भूगोल र रोल्पाको थवाङ गाउँ पनि पछिल्लो समय पर्यटकीय आकर्षणका केन्द्र बनेका छन्।

प्रदेश सरकारले पर्यटनलाई समृद्धिको आधार बनाउने नीति लिएको छ। लुम्बिनी प्रदेशका दुईवटा राष्ट्रिय निकुञ्ज र विविध सांस्कृतिक सम्पदाले गर्दा यो क्षेत्र पर्यटनका लागि प्रचुर सम्भावना बोकेको प्रदेश हो।

2