Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

दशैंमा कपडा र सुनचाँदीको व्यापार खस्कियो

दशैंमा कपडा र सुनचाँदीको व्यापार खस्कियो
A A+ A-

काठमाडौं । यस वर्षको दशैंमा काठमाडौंको न्युरोड र ललितपुरको पाटन क्षेत्रमा कपडा, फेन्सी तथा सुनचाँदीको व्यापार अपेक्षाअनुसार हुन सकेन। बाढीपहिरोबाट सिर्जित विपत्ति, सामानको मूल्यवृद्धि र उपभोक्तामा उत्साहको कमीका कारण व्यापार प्रभावित भएको व्यवसायीहरूले बताएका छन्।

विगतका वर्षमा दशैंको समयमा किनमेल गर्ने ग्राहकको बाक्लो भीड लाग्ने न्युरोड र पाटन क्षेत्रमा यस पटक व्यापार सुस्त रह्यो। दशैंलाई लक्षित गरेर लाखौँ रुपैयाँको सामान मौज्दात राखेका व्यवसायीले समेत अपेक्षित बिक्री गर्न नसकेको गुनासो गरेका छन्।

कपडा व्यवसायी प्रमिला श्रेष्ठले यस वर्ष दशैंका लागि चारदेखि पाँच लाख रुपैयाँ बराबरको सामान बिक्रीका लागि तयार राखे पनि सोचेजस्तो व्यापार नभएको बताइन्। उनका अनुसार अघिल्ला वर्षको तुलनामा यस पटक व्यापार झन्डै आधा घटेको छ। रसुवामा आएको बाढीका कारण नागरिकको जनजीवन प्रभावित हुँदा दशैंको किनमेलमा समेत असर परेको उनको भनाइ छ।

कपडा व्यवसायी प्रचण्डराज जोशीले पनि यस वर्षको दशैंमा व्यापार निकै खस्किएको बताए। विगतमा दशैंको समयमा लाखौँ रुपैयाँ आम्दानी हुने गरे पनि यस पटक लगानीसमेत उठाउन कठिन भएको उनले गुनासो गरे। रसुवामा आएको बाढीपछि व्यापार थप प्रभावित भएको उनको अनुभव छ।

अर्का कपडा व्यवसायी राम नेपालीले अघिल्लो वर्षको तुलनामा यस पटक करिब आधा कम व्यापार भएको बताए। बाढीपहिरोका घटनाले नागरिकमा दशैंको उल्लास कम हुनु र सामानको मूल्य बढ्नुले बजारमा माग घटाएको उनको भनाइ छ।

सुनचाँदी व्यवसायी जेनी शाक्यले पनि दशैंमा गरगहनाको कारोबार अपेक्षाअनुसार हुन नसकेको बताइन्। बाढीबाट प्रभावित नागरिकले सामान्य रूपमा समेत दशैं मनाउन नपाएको अवस्थामा सुनचाँदीसहित अन्य व्यवसायमा पनि अपेक्षित कारोबार हुन नसकेको उनको भनाइ छ।

व्यवसायीहरूका अनुसार दशैंलाई लक्षित गरेर गरिएको लगानी र सामानको मौज्दातअनुसार बजारमा माग बढ्न सकेन। यसले चाडपर्वको समयमा बढी कारोबार हुने अपेक्षा गरेका व्यवसायीलाई निराश बनाएको छ।

2