Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

प्राकृतिक स्रोतबाट साढे तीन करोड आम्दानी

प्राकृतिक स्रोतबाट साढे तीन करोड आम्दानी
A A+ A-

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले प्राकृतिक स्रोतको उपयोगबाट गत आर्थिक वर्षमा तीन करोड ८६ लाख ५१ हजार ९०८ रुपैयाँ आम्दानी गरेको छ। जडीबुटी, काठदाउरा, ढुङ्गागिट्टीलगायत प्राकृतिक स्रोतको सङ्कलन तथा उपयोगबापत उक्त रकम सङ्कलन भएको हो।

आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्राकृतिक स्रोतको उपयोगबाट तीन करोड ८६ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको हो। यसअघि आर्थिक वर्ष २०८१/८२ मा पाँच करोड ७७ लाख १६ हजार ७८१ रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा तीन करोड ९० लाख ९८ हजार ९९१ रुपैयाँ सङ्कलन भएको थियो।

अन्नपूर्ण संरक्षण क्षेत्रमा रहेका ५७ वटा संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत प्राकृतिक स्रोतको उपयोगबापत शुल्क सङ्कलन हुँदै आएको छ। जडीबुटी, काठदाउरा, ढुङ्गागिट्टीलगायत स्रोतको उपयोगबाट प्राप्त रकम व्यवस्थापन समितिले स्थानीय आवश्यकता र संरक्षणका कार्यक्रमअनुसार खर्च गर्ने गरेका छन्।

आयोजना प्रमुख कडरियाका अनुसार प्राकृतिक स्रोतको उपयोगबाट सङ्कलित रकम व्यवस्थापन समितिले वार्षिक कार्यक्रम तथा योजना बनाएर खर्च गर्ने गरेका छन्। यसबाट स्थानीय विकास, संरक्षण र आयआर्जनका गतिविधिमा सहयोग पुग्दै आएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा बहुमूल्य जडीबुटी यार्सागुम्बालगायतका वनस्पतिको सङ्कलन तथा निकासी हुँदै आएको छ। जडीबुटी सङ्कलन स्थानीय बासिन्दाको आयआर्जनको एउटा महत्त्वपूर्ण माध्यम बनेको छ। आयोजना कार्यालयले प्राकृतिक स्रोतको उपयोगसँगै संरक्षणको महत्त्वबारे सचेतना अभियानसमेत सञ्चालन गर्दै आएको छ।

प्राकृतिक स्रोतबाट प्राप्त आम्दानीका अतिरिक्त पर्यटक प्रवेश शुल्क पनि संरक्षण क्षेत्रको प्रमुख आयस्रोत हो। विदेशी पर्यटकको आगमनबाट वार्षिक करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ। संरक्षण क्षेत्रभित्रका निषेधित स्थानमा अनुमति लिएर भ्रमण गर्ने पर्यटकले तिर्ने शुल्कबाट पनि राज्यकोषमा योगदान पुग्दै आएको छ।

आयोजना कार्यालयले प्राप्त स्रोतलाई संरक्षण र पर्यटन प्रवर्द्धनसँग जोडेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। पदमार्ग निर्माण तथा मर्मत, फोहर व्यवस्थापन, साना सिँचाइ, खानेपानी आयोजना, स्थानीय आयआर्जन र संरक्षण शिक्षालगायतका गतिविधि सञ्चालन भइरहेका छन्।

प्राकृतिक स्रोतको उपयोगबाट हुने आम्दानीले स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याउनुका साथै संरक्षण क्षेत्रको व्यवस्थापनमा समेत योगदान दिँदै आएको छ। तर, स्रोतको उपयोग र संरक्षणबीच सन्तुलन कायम राख्नु तथा आम्दानीलाई स्थानीय विकासमा प्रभावकारी रूपमा परिचालन गर्नु आयोजनाका लागि महत्त्वपूर्ण विषय बनेको छ।

2