Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

पर्यटकीय गन्तव्य बन्दै तनहुँको झाङ्गाझोली

पर्यटकीय गन्तव्य बन्दै तनहुँको झाङ्गाझोली
A A+ A-

काठमाडौं: तनहुँको शुक्लागण्डकी नगरपालिका-६ स्थित झाङ्गाझोली पारिवारिक घुमफिरका लागि आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ। प्राकृतिक सौन्दर्य, बाल उद्यान, जडीबुटीको अवलोकन र स्थानीय परिकारका कारण यहाँ आन्तरिक पर्यटकको चाप बढ्दो छ। पृथ्वीराजमार्गको खैरेनीटार बजारबाट साढे तीन किलोमिटरको दूरीमा रहेको यो स्थानमा कालोपत्रे सडक र पार्किङको सुविधा छ।

यहाँको मुख्य आकर्षण पाँच रोपनी क्षेत्रफलमा फैलिएको गौरादेवी प्राकृतिक जडीबुटी उद्यान हो। उक्त उद्यानमा रुद्राक्ष, तेजपात, श्रीखण्ड, अश्वगन्धा, तुलसी, नीम र टिमुरलगायत दुई सयभन्दा बढी प्रजातिका जडीबुटीका बिरुवा छन्। बिरुवाको नाम र विवरणसहितका नेमप्लेट राखिएकाले बालबालिकाका लागि यो स्थान शैक्षिक र मनोरञ्जनात्मक दुवै रहेको छ। उद्यानमा ५० भन्दा बढी प्रजातिका फलफूलका बिरुवा र जनावरका मूर्तिहरू पनि राखिएका छन्।

झाङ्गाझोली एग्रो टुरिजम प्रालिका सञ्चालक उज्वल पौडेलका अनुसार यहाँ आउने पर्यटकका लागि लोकल कुखुरा र कालिजका परिकार उपलब्ध छन्। जन्मदिन, वैवाहिक वर्षगाँठ र अन्य कार्यक्रमका लागि क्याम्प फायर तथा हलको सुविधा छ। रात बिताउन चाहनेका लागि प्रतिरात दुई हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्मका वातानुकुलित कोठाको व्यवस्था छ। पौडेलले भने, परिवारका सबै सदस्यसँग समय बिताउने, बालबालिकालाई रमाइलो गराउने र प्रकृतिको आनन्द लिने चाहना सबैको हुन्छ। झाङ्गाझोलीमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले आ-आफ्नै तरिकाले रमाउन सक्ने वातावरण छ।

उद्यानका सञ्चालक बासुराज दाहालका अनुसार बिदाका दिन यहाँ पाँच सयभन्दा बढी र अन्य दिनमा करिब दुई सय आन्तरिक पर्यटक आउने गरेका छन्। करिब एक करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको यो उद्यानलाई जडीबुटी संरक्षणसँगै शैक्षिक अध्ययन र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका-३ निवासी ८९ वर्षीया गौरादेवी दाहालको नाममा यो उद्यान स्थापना गरिएको हो।

2