Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

सामसङ ए१७ फाइभजी किस्तामा उपलब्ध

सामसङ ए१७ फाइभजी किस्तामा उपलब्ध
A A+ A-

काठमाडौं । सामसङ मोबाइल नेपालले ग्यालेक्सी ए१७ फाइभजी स्मार्टफोन २४ महिनाको किस्ताबन्दी सुविधामा उपलब्ध गराएको छ। कम्पनीको योजनाअनुसार ग्राहकले मासिक १ हजार २२१ रुपैयाँदेखि किस्ता तिरेर फोन खरिद गर्न सक्नेछन्।

चाडपर्वलाई लक्षित गरी ल्याइएको योजनाले ग्राहकलाई एकमुष्ट ठूलो रकम खर्च नगरी स्मार्टफोन खरिद गर्न सहज बनाउने कम्पनीको अपेक्षा छ।

योजनाअन्तर्गत ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको ग्यालेक्सी ए१७ फाइभजीको खुद्रा मूल्य ४४ हजार ९९९ रुपैयाँ तोकिएको छ। यस मोडललाई २४ महिनाको किस्तामा खरिद गर्दा मासिक १ हजार २२१ रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै, ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य ४८ हजार ९९९ रुपैयाँ छ। यसको मासिक किस्ता १ हजार ३३० रुपैयाँ तोकिएको छ। ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको मोडलको खुद्रा मूल्य ५६ हजार ९९९ रुपैयाँ रहेको छ। यसका लागि मासिक १ हजार ५४७ रुपैयाँ किस्ता तिर्नुपर्नेछ।

कम्पनीले पुरानो स्मार्टफोन साट्ने ग्राहकलाई ३ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि उपलब्ध गराएको जनाएको छ। यो सुविधा प्रयोग गर्दा डाउन पेमेन्ट शून्यसम्म हुन सक्ने कम्पनीको भनाइ छ।

नयाँ स्मार्टफोन खरिद गर्न वा पुरानो फोन अपग्रेड गर्न चाहने ग्राहकलाई लक्षित गरी योजना ल्याइएको कम्पनीले जनाएको छ। ग्यालेक्सी ए१७ फाइभजीको किस्ताबन्दी योजना तथा त्यसका नियम र सर्तबारे जानकारी लिन ग्राहकले देशभरका सामसङका आधिकारिक स्टोर तथा अधिकृत विक्रेतासँग सम्पर्क गर्न सक्नेछन्।

2