Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

फोन ह्याक भएको कसरी चिन्ने ?

फोन ह्याक भएको कसरी चिन्ने ?
A A+ A-

काठमाडौं । मोबाइल फोनमा असामान्य रूपमा ब्याट्री सकिनु, फोन तात्नु, आफैं एप खुल्नु वा मोबाइल डेटा बढी खपत हुनु फोनमा समस्या आएको संकेत हुन सक्छ। तर यस्ता लक्षण देखिँदैमा फोन ह्याक भएको निश्चित हुँदैन। अपरिचित एप, आफूले नगरेका सन्देश तथा कारोबार र नचिनेका उपकरणबाट खातामा लगइन भएको सूचना आएमा भने तत्काल सतर्क हुनुपर्छ।

मोबाइलमा बैंक खाता, डिजिटल वालेट, सामाजिक सञ्जाल र व्यक्तिगत कागजातसमेत रहने भएकाले फोन ह्याक हुँदा गोपनीयता र आर्थिक सुरक्षामा जोखिम बढ्छ। नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०२५/२६ मा साइबर अपराधसम्बन्धी २० हजार ५२६ उजुरी दर्ता भएका थिए। तीमध्ये डिजिटल वालेट, बैंक खाता तथा एसएमएससँग सम्बन्धित ठगीका ७४४ उजुरी थिए।

फोन ह्याक हुनबाट जोगिन अपरिचित लिङ्क नखोल्ने, शंकास्पद एप डाउनलोड नगर्ने र कसैलाई पनि ओटिपी तथा पासवर्ड नदिने गर्नुपर्छ। सार्वजनिक वाई–फाई प्रयोग गर्दा बैंकिङ कारोबार नगर्नु र एपलाई दिइएका अनुमति नियमित जाँच गर्नु पनि महत्त्वपूर्ण हुन्छ।

फोन ह्याक भएको शंका लागे ब्याट्री तथा डेटा प्रयोगको विवरण जाँच गर्नुपर्छ। सामाजिक सञ्जाल र म्यासेजिङ एपमा जोडिएका अपरिचित उपकरणबाट लगआउट गर्नुपर्छ। अनधिकृत पहुँच पुष्टि भए सुरक्षित उपकरणबाट महत्त्वपूर्ण खाताका पासवर्ड परिवर्तन गर्नुपर्छ। बैंकिङ वा डिजिटल वालेटमा शंकास्पद गतिविधि देखिए सम्बन्धित संस्थालाई तत्काल जानकारी दिनुपर्छ।

2