Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

दूरसञ्चार सेवा विस्तारसँगै किन घट्दै छ कम्पनीहरूको आम्दानी ?

दूरसञ्चार सेवा विस्तारसँगै किन घट्दै छ कम्पनीहरूको आम्दानी ?
A A+ A-

काठमाडौं: नेपालमा दूरसञ्चार सेवाको पहुँच र विस्तार तीव्र गतिमा भइरहे पनि सेवा प्रदायक कम्पनीहरूको आम्दानी भने निरन्तर ओरालो लागिरहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन अनुसार पछिल्लो ५ आर्थिक वर्षमा दूरसञ्चार सेवा प्रदायकहरूको कुल वार्षिक आय करिब २.९ प्रतिशतले घटेको छ।

आर्थिक वर्ष २०७७/७८ मा दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरूको कुल आम्दानी ९२ अर्ब १४ करोड ४५ लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा घटेर ८९ अर्ब ४८ करोड ३६ लाख रुपैयाँमा झरेको छ। यसमध्ये भ्वाइस कल सेवाको आम्दानी १२.८ प्रतिशतले घटेको छ। प्राधिकरणको तथ्यांक अनुसार हाल मोबाइल फोन नम्बर वितरण २ करोड ९९ लाख ५२ हजार २४७ पुगेको छ भने ब्रोडब्यान्ड सेवाको घनत्व १४८.६४ प्रतिशत पुगेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका कार्यकारी निर्देशक मीनप्रसाद अर्यालका अनुसार नयाँ प्रविधिको विकाससँगै ग्राहकहरू भ्वाइस सेवाबाट डेटा एप्लिकेसनतर्फ सिफ्ट हुनु आम्दानी घट्नुको मुख्य कारण हो। उनले भने, ‘खासगरी भ्वाइस सेवामा निरन्तर गिरावट आउनुमा डेटा एप्लिकेसनहरूको बढ्दो माग र प्रयोग नै हो। ग्लोबल्ली नयाँ नयाँ टेक्नोलोजीहरू आइरहेका छन्। भ्वाइस वा कल सेवाको विकल्पमा अन्य थुप्रै डेटा एप्लिकेसन सुविधाहरू प्रयोगमा आइरहेका छन्। यसो हुनु भनेको कल सेवाको विजनेस स्वतः घट्नु हो।’

परम्परागत फोन कल र एसएमएसको स्थान ओटीटी (ओभर दी टप) सेवाले लिँदा मोबाइल कम्पनीहरूको आम्दानी प्रभावित भएको छ। तथ्यांकले के देखाउँछ भने दूरसञ्चार कम्पनीहरूको आम्दानी घट्दै गर्दा इन्टरनेट सेवा प्रदायकहरूको आम्दानी भने बढिरहेको छ। आर्थिक वर्ष २०७७/७८ मा १६ अर्ब ४३ करोड ७१ लाख रुपैयाँ रहेको इन्टरनेट सेवाको आम्दानी २०८१/८२ मा बढेर २३ अर्ब ४५ करोड ४० लाख रुपैयाँ पुगेको छ।

नियामक निकायले परम्परागत दूरसञ्चार र इन्टरनेटमा आधारित सेवाबीच समान प्रतिस्पर्धात्मक वातावरण कायम गर्नुपर्ने आवश्यकता औंल्याएको छ। कम्पनीहरूका लागि अब केवल पहुँच विस्तार मात्र नभई डेटा सेवाको गुणस्तर सुधार र नयाँ डिजिटल सेवा विकासमा ध्यान दिनुपर्ने चुनौती थपिएको छ।

2