Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

फक्सवागनले थप १२ हजार कर्मचारी कटौती गर्ने

फक्सवागनले थप १२ हजार कर्मचारी कटौती गर्ने
A A+ A-

काठमाडौं । जर्मन कार निर्माता कम्पनी फक्सवागनले खर्च घटाउने अभियानलाई तीव्र बनाउँदै सन् २०३० सम्म थप १२ हजार कर्मचारी कटौती गर्ने योजना बनाएको छ। यसअघि नै ३५ हजारभन्दा बढी पद कटौती गर्ने घोषणा गरिसकेको कम्पनीले नयाँ योजना कार्यान्वयन गरे कुल कटौतीको सङ्ख्या ४७ हजारभन्दा बढी पुग्नेछ। यस निर्णयले कम्पनीका कर्मचारी र व्यवस्थापनबीचको श्रम विवाद थप चर्किने सम्भावना देखिएको छ।

स्पुतनिक–आरआईए नोभोस्तीले जर्मन अखबार बिल्डलाई उद्धृत गर्दै जनाएअनुसार फक्सवागनले यसअघि स्वीकृत कर्मचारी कटौती योजनाबाहेक थप १२ हजार रोजगारी घटाउने तयारी गरेको हो।

कम्पनी व्यवस्थापनले कर्मचारी कटौतीलाई ‘सामाजिक रूपमा जिम्मेवार’ तरिकाले कार्यान्वयन गर्ने जनाएको छ। त्यसका लागि प्रभावित कर्मचारीलाई राज्यको सहयोगमा सञ्चालन हुने पुनः सीप विकास तथा तालिम कार्यक्रममा सहभागी हुने विकल्प दिइने बताइएको छ।

तर, कम्पनीको यो योजनाप्रति श्रमिक प्रतिनिधिहरूको असन्तुष्टि बढेको छ। फक्सवागनमा श्रमिकको प्रतिनिधित्व गर्ने ट्रेड युनियन आईजी मेटलले सन् २०२७ देखि कम्पनीविरुद्ध हडतालमा उत्रिने चेतावनी दिएको छ।

कम्पनी र ट्रेड युनियनबीचको औपचारिक सामूहिक सौदाबाजी वार्ता नोभेम्बर २४ मा तय गरिएको छ। उक्त वार्तामा कर्मचारी कटौती, रोजगारीको सुरक्षा र श्रमिकका मागलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

हाल लागू औद्योगिक शान्ति अवधि डिसेम्बर ३१ मा समाप्त हुँदैछ। यस अवधिमा श्रम विवादका विषयमा हडताललगायतका औद्योगिक गतिविधि गर्न निषेध गरिएको हुन्छ। उक्त अवधि समाप्त भएपछि कम्पनी र श्रमिकबीचको विवादले थप रूप लिन सक्ने देखिएको छ।

फक्सवागनको नयाँ योजनाले जर्मनीको प्रमुख औद्योगिक क्षेत्रमध्ये एक मानिने सवारीसाधन उद्योगमा रोजगारीको भविष्यबारे चिन्ता बढाएको छ। कम्पनीले खर्च नियन्त्रण र पुनर्संरचनालाई प्राथमिकता दिइरहेका बेला कर्मचारी कटौतीको योजनाले व्यवस्थापन र श्रमिकबीचको सम्बन्ध थप चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ।

2