Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

हवाई सुरक्षामा सतर्कता अपनाउन प्राधिकरणको आग्रह

हवाई सुरक्षामा सतर्कता अपनाउन प्राधिकरणको आग्रह
A A+ A-

काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरणले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को प्रभावका कारण हवाई सुरक्षामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको उक्त आँधीको प्रभाव नेपालमा पनि पर्न सक्ने भन्दै प्राधिकरणले मंगलबार सुरक्षा परिपत्र जारी गरेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस मौसमी प्रणालीले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका केही भागमा मध्यमदेखि भारी वर्षा, तीव्र हावाहुरी र चट्याङ ल्याउन सक्ने सम्भावना छ। बिहीबारदेखि शनिबारसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको समेत प्रक्षेपण गरिएको छ।

प्राधिकरणले बिहीबारदेखि शनिबारसम्मको अवधिमा खराब मौसमका कारण भिजिविलिटी कम हुने, धावनमार्गमा पानी जम्ने र सतह चिप्लिने जोखिम रहेको जनाएको छ। यसलाई मध्यनजर गर्दै प्राधिकरणले हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक र वायुसेवा कम्पनीहरूलाई उडान व्यवस्थापनका लागि उचित योजना बनाउन निर्देशन दिएको छ।

परिपत्रमा राडार नियन्त्रकहरूलाई उडानका क्रममा सुरक्षित दूरी कायम गर्न र हावाको गति तथा दिशामा हुने अचानक परिवर्तनको जानकारी तत्काल पाइलटहरूलाई उपलब्ध गराउन भनिएको छ। साथै, विमानस्थलको धावनमार्ग नियमित निरीक्षण गर्न, फोहोर हटाउन र बत्ती तथा सञ्चार प्रणालीलाई चुस्त राख्न निर्देशन दिइएको छ।

प्राधिकरणले वायुसेवा सञ्चालक र चालक दललाई उडानअघि मौसमको विस्तृत मूल्याङ्कन गर्न, पर्याप्त इन्धन राख्न र वैकल्पिक विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्थाका लागि तयारी रहन आग्रह गरेको छ। सबै सरोकारवाला निकायलाई अत्यावश्यक पूर्वाधार, वैकल्पिक विद्युत् आपूर्ति र सञ्चार प्रणाली तयारी अवस्थामा राख्न र कुनै पनि सुरक्षा जोखिम वा अवरोध देखिए तत्काल जानकारी गराउन भनिएको छ।

2