Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

पुँजीबजारमा नयाँ वित्तीय उपकरण भित्र्याउन सेबोनद्वारा सातसदस्यीय समिति गठन

पुँजीबजारमा नयाँ वित्तीय उपकरण भित्र्याउन सेबोनद्वारा सातसदस्यीय समिति गठन
A A+ A-

काठमाडौं: नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजीबजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउने उद्देश्यले एक सातसदस्यीय समिति गठन गरेको छ। बोर्डको कायममुकायम कार्यकारी निर्देशकको संयोजकत्वमा गठित यो समितिले बजारको गहिराइ बढाउन र विविधीकरण गर्न नयाँ वित्तीय उपकरणको विकास तथा सञ्चालनका लागि काम गर्नेछ।

समितिमा नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लिमिटेड र मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिहरू समावेश छन्। समितिले धितोपत्र बजारलाई शेयर कारोबारमा मात्र सीमित नराखी कर्पोरेट ऋणपत्र, सरकारी ऋणपत्र, हरित ऋणपत्र, पूर्वाधार ऋणपत्र, एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ), रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट (आरईआईटी) र इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ट्रस्ट (इन्भिट) जस्ता बहुआयामिक उपकरणहरू भित्र्याउन आवश्यक काम गर्नेछ।

बोर्डले सार्वजनिक गरेको ‘नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३’ अनुसार यो समितिले चरणबद्ध रूपमा डेरिभेटिभ वित्तीय उपकरणहरू, कमोडिटी फ्युचर्स र करेन्सी डेरिभेटिभ्सको कारोबार सुरु गर्न आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधारको विकास गर्नेछ।

समितिको पहिलो बैठक शुक्रबार सम्पन्न भएको छ। उक्त बैठकले नयाँ वित्तीय उपकरणको अवधारणा, कानुनी संरचना र प्राविधिक तयारीसम्बन्धी कार्यहरू अघि बढाएको बोर्डले जनाएको छ। नयाँ उपकरणको सुरुवातले नेपालको धितोपत्र बजारलाई थप विविधीकृत र बहुआयामिक बनाउन सहयोग पुग्ने बोर्डको अपेक्षा छ।

2