Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने

सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने
A A+ A-

पर्सा। सर्वदलीय/सर्वपक्षीय बैठकले आसन्न छठ पर्वका अवसरमा बर्तालुको सुविधाका लागि पूजा अवधिभर विभिन्न उद्योगबाट गरिने विभिन्न चिज वस्तु/पदार्थ एवं फोहर विसर्जनलाई पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शनिबार यहाँ बसेको बैठकले बारा र पर्सा जिल्लाको औद्योगिक करिडोर हुँदै बग्ने सिर्सिया नदीमा भएको फोहर व्यवस्थापन सम्बन्धमा शनिबार बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले उद्योगहरूसँग रहेको ट्रिटमेन्ट पलान्टबाट सफा पानी नदीमा छोड्न लगाई पानीलाई सफा र स्वच्छ बनाउने निर्णय गरेको छ ।

सिर्सिया नदीमा रसायनयुक्त पानी प्रशोधन नगरी नदीमा मिसाउन पूर्ण प्रतिबन्ध लगाउने र औद्योगिक करिडोरका सबै उद्योगले आफ्नो उद्योगबाट निस्कने रसायनयुक्त पानी प्रशोधन नगरी नदीमा मिसाउन पूर्ण प्रतिबन्ध लगाउने र प्रत्येक उद्योगले अनिवार्य रूपमा आफ्नो बहिर्गमन प्रशोधन केन्द्र २४सै घण्टा पूर्ण रूपमा सञ्चालन गर्नपर्ने निर्णय गरेको हो ।

वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको विशेष उपस्थितिमा भएको बैठकको निर्णयमा भनिएको छ, “व्यक्तिगत रूपमा प्रशोधन केन्द्र राख्न नसक्ने साना तथा मझौला उद्योगका लागि उद्योग वाणिज्य सङ्घको अगुवाइ र सरकारी अनुदानमा साझा प्रशोधन केन्द्र निर्माण गर्न जग्गा पहिचान र सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने ।”

बैठकले विगतमा सिर्सिया नदी सम्बन्धमा भएका निर्णय एवं काम कारवाहीबारे समीक्षासमेत गरिएको थियो । त्यसैगरी बैठककले सिर्सिया नदीको दीर्घकालीन पुनर्उत्थानका लागि संघीय र प्रदेश सरकारसँग प्राविधिक सहयोग लिँदै वीरगन्ज महानगरपालिका र आसपासका पालिकाले सहरको मुख्य ढल नदीमा मिसिन नदिन तत्काल वैकल्पिक नाला निर्माण गरी ढल डाइभर्सन गर्ने र तीनै तहको बजेट साझेदारीमा ‘सिर्सिया नदी संरक्षण संयुक्त कोष’ स्थापना गर्ने प्रक्रिया पनि अगाडि बढाउने निर्णय गरेको छ ।

2