Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

सिन्की उत्पादनले दाङका किसानको आम्दानी बढाउँदै

सिन्की उत्पादनले दाङका किसानको आम्दानी बढाउँदै
A A+ A-

दाङ: थारू समुदायको परम्परागत खाद्य परिकार सिन्की अहिले ग्रामीण किसानको आम्दानीको स्रोत बन्न थालेको छ। मुलाको पात र मुलाबाट बनाइने सिन्की दाङबाट बुटवल, नेपालगञ्ज, पोखरा र काठमाडौँसम्म पुग्न थालेको छ।

सिन्की बनाउने विधि श्रम र सिपमा आधारित छ। मुला र पातलाई काटेर सफा पानीले धोएपछि भाँडामा खाँदेर घाम लाग्ने ठाउँमा गाडिन्छ। दंगीशरण गाउँपालिका-३ हेकुलीकी सुरमानी चौधरीका अनुसार १५ देखि २१ दिनसम्म राखेर बनाएको सिन्की अझ बढी अमिलो र स्वादिलो हुन्छ। पहिले ढेकीमा कुटेर बनाइने सिन्की अहिले ढुङ्गा वा अन्य वस्तुले थिचेर बनाउने गरिन्छ।

सिन्कीको झोल, तरकारी र अचार निकै लोकप्रिय छ। विशेषगरी थारू आलुसँग मिसाएर बनाइएको सिन्कीको परिकार धेरैले रुचाउने गर्छन्। पछिल्लो समय मुलाको सट्टा बन्दा र काउलीका पातबाट समेत सिन्की बनाउन थालिएको छ। तर, स्थानीयका अनुसार स्थानीय जातको मुलाबाट बनेको सिन्कीको स्वाद र गुणस्तर फरक हुन्छ। राम्ररी सुकाएर राखिएको सिन्की वर्षदिनसम्म खान सकिने भएकाले यसको भण्डारण पनि सहज छ।

घरायसी प्रयोजनका लागि मात्र बनाइँदै आएको सिन्की अहिले बजारमा बिक्री हुन थालेपछि किसानहरू स्वरोजगार बन्न थालेका छन्। पुर्खाको सीप र मौलिक स्वादलाई बजारको मागसँग जोड्न सके सिन्कीले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन मद्दत गर्ने देखिन्छ।

2