Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

डेढ अर्ब लगानीमा पोखराका नौ ताल जोडिँदै

डेढ अर्ब लगानीमा पोखराका नौ ताल जोडिँदै
A A+ A-

पोखरा । पोखराका नौवटै ताललाई साइकल ट्रेल तथा सडक सञ्जालमार्फत जोड्ने गरी १ अर्ब ५२ करोड रुपैयाँ लागतको महत्वाकांक्षी आयोजना अघि बढाइने भएको छ । प्रकृति, संस्कृति र साहसिक पर्यटनको संगम पोखरालाई दिगो पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित पोखरा महानगरपालिकाले आयोजना कार्यान्वयनको तयारी गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार वडा नम्बर ६ स्थित फेवाताल क्षेत्रबाट सुरु हुने उक्त ट्रेलले पोखराका नौवटै ताललाई आपसमा जोड्नेछ । साइकल लेनसहित निर्माण हुने ट्रेल सम्पन्न भएपछि पर्यटकले साइकल तथा अन्य सवारीसाधनमार्फत पोखराका सबै तालसम्म सहजै पुग्न सक्नेछन् ।

आयोजना कार्यान्वयनमा आएपछि ओझेलमा परेका ताल तथा आसपासका पर्यटकीय क्षेत्रसमेत चलायमान हुने महानगरको अपेक्षा छ । यसले पोखरा आउने पर्यटकको बसाइ अवधि कम्तीमा दुई दिन थप लम्ब्याउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रमुख आचार्यले बताए ।

उनका अनुसार पर्यटकलाई फेवातालमा मात्रै सीमित नराखी पोखराका अन्य ताल तथा पर्यटकीय गन्तव्यसम्म पुर्‍याउन आयोजना महत्त्वपूर्ण हुनेछ । तालहरूलाई एउटै सञ्जालमा जोड्दा पर्यटकले पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति र साहसिक पर्यटनको विविध अनुभव लिन सक्नेछन् ।

पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकिएको उल्लेख गर्दै प्रमुख आचार्यले यहाँको प्राकृतिक सम्पदा, संस्कृति र साहसिक पर्यटनलाई एकीकृत रूपमा विकास गर्न महानगरले प्राथमिकताका साथ काम गरिरहेको बताए । उनका अनुसार आफू महानगर प्रमुखमा निर्वाचित भएर आएपछि ३३ अर्ब रुपैयाँभन्दा बढीका विकास आयोजना अघि बढिरहेका छन् ।

उनले भने, ‘पोखरा नेचर, कल्चर र एडभेन्चरको सहर हो । यही विशेषताका कारण पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हौँ । पोखरामा रहेका नौवटै ताललाई साइकल ट्रेल र सडक सञ्जालमार्फत जोड्ने यो योजना दिगो पर्यटन विकासका लागि कोसेढुङ्गा साबित हुनेछ ।’

प्रमुख आचार्यले निर्वाचनका बेला नै पोखराका सबै ताललाई साइकल तथा अन्य सवारीसाधनको माध्यमबाट आपसमा जोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । आफ्नो कार्यकालको अन्तिम चरणमा उक्त प्रतिबद्धताअनुसारको गौरवको आयोजना कार्यान्वयनको दिशामा अघि बढ्न लाग्दा आफू उत्साहित भएको उनले बताए ।

पोखराका ताल, प्राकृतिक सौन्दर्य र पर्यटकीय गन्तव्यलाई एउटै सञ्जालमा जोड्ने यो आयोजना सम्पन्न भएपछि पर्यटकको बसाइ अवधि बढ्नुका साथै ताल आसपासका क्षेत्रको आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ ।

आयोजनाले स्थानीय व्यवसाय, रोजगारी र पर्यटनमा आधारित उद्यमलाई समेत नयाँ अवसर सिर्जना गर्ने महानगरको विश्वास छ । ताल क्षेत्रलाई साइकलमैत्री पूर्वाधारमार्फत जोड्दा पर्यटकको आवागमन सहज हुने, नयाँ पर्यटकीय गन्तव्यको पहिचान हुने र पोखराको पर्यटनलाई थप विविधतायुक्त बनाउने अपेक्षा गरिएको छ ।

महानगरले यस आयोजनालाई पोखराको प्राकृतिक सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्र विस्तारलाई एकीकृत गर्ने दीर्घकालीन योजनाका रूपमा अघि बढाएको छ ।

2