काठमाडौं: बिग मार्टबाट ४१५ रुपैयाँ बराबरको सामान खरिद गर्ने एक ग्राहकले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत सो रकम प्रदान गरेको हो।
कात्तिक १ देखि १५ गतेसम्म भएको कारोबारका आधारमा विजेता छनोट गरिएको थियो। विभागले सो अवधिमा १५ जना पाक्षिक विजेता र एक जना बम्पर विजेता छनोट गरेको छ। विजेताहरूको नाम आज अर्थ मन्त्रालयको सिंहदरबारस्थित सुवर्ण हलमा सार्वजनिक गरिएको हो।
पुरस्कार विजेता छनोट गर्ने कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्रिकेट खेलाडीहरूको उपस्थिति रहेको थियो।
