Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

एटोमबर्ग : पङ्खाबाट प्रविधि साम्राज्य

भारतको परम्परागत पङ्खा बजारमा ऊर्जा बचत गर्ने प्रविधि भित्र्याएर घरायसी उपकरणको नयाँ ब्रान्ड निर्माण गरेको एटोमबर्गको व्यावसायिक यात्रा।

एटोमबर्ग : पङ्खाबाट प्रविधि साम्राज्य
A A+ A-

गर्मी बढ्दै जाँदा घरघरमा चल्ने पङ्खाले विद्युत् खपत पनि बढाउँछ।

भारतजस्तो ठूलो जनसंख्या र गर्मी प्रभावित भूगोल भएको देशमा पङ्खा विलासिताको वस्तु होइन, दैनिक जीवनको अनिवार्य उपकरण हो।

करोडौँ घर, कार्यालय, विद्यालय, अस्पताल र व्यापारिक प्रतिष्ठानमा प्रयोग हुने पङ्खाको बजार ठूलो भए पनि लामो समयसम्म यसको आधारभूत प्रविधिमा खासै परिवर्तन आएको थिएन।

बजारमा स्थापित कम्पनीबीच प्रतिस्पर्धा मुख्यतः मूल्य, डिजाइन र वितरणमा केन्द्रित थियो।

यही पुरानो बजारमा एउटा नयाँ कम्पनीले फरक प्रश्न उठायो- दशकौँदेखि उस्तै प्रविधिमा चलिरहेको पङ्खालाई अझ कम विद्युत् खपत गर्ने, बढी उपयोगी र प्रविधिमैत्री बनाउन सकिँदैन?

त्यही प्रश्नबाट भारतको घरायसी उपकरण बजारमा नयाँ व्यावसायिक यात्रा सुरु भयो। त्यसको नाम हो- एटोमबर्ग टेक्नोलोजिज।

सन् २०१२ मा भारतीय प्रविधि तथा अनुसन्धानको प्रतिष्ठित संस्था भारतीय प्रविधि संस्थान मुम्बईको परिसरबाट सुरु भएको यो कम्पनीले सुरुमा पङ्खा उत्पादन गर्ने योजना बनाएको थिएन।

यसको प्रारम्भिक काम विद्युतीय मोटर, नियन्त्रण प्रणाली, तथ्याङ्क सङ्कलन उपकरण र औद्योगिक प्रविधिसँग सम्बन्धित थियो।

तर अनुसन्धान र प्राविधिक दक्षतालाई ठूलो बजार भएको उपभोक्ता उत्पादनसँग जोड्न सकिने सम्भावना पहिचान गरेपछि कम्पनीले आफ्नो व्यावसायिक दिशा परिवर्तन गर्‍यो।

सन् २०१५ मा एटोमबर्गले ब्रसलेस डाइरेक्ट करेन्ट अर्थात् बीएलडीसी प्रविधिमा आधारित छतको पङ्खा बजारमा ल्यायो।

परम्परागत पङ्खाको तुलनामा निकै कम विद्युत् खपत गर्ने यसको विशेषताले बजारमा नयाँ बहस सुरु गर्‍यो।

सुरुमा महँगो मूल्य र अपरिचित ब्रान्डका कारण ग्राहकलाई आकर्षित गर्न कठिन भए पनि कम्पनीले प्रविधिको लाभ देखाउँदै बजार विस्तार गर्‍यो।

आज एटोमबर्ग केवल पङ्खा उत्पादन गर्ने कम्पनीमा सीमित छैन। यसले भान्साका उपकरण, स्मार्ट ताल्चा, पानी शुद्धीकरण उपकरण तथा अन्य घरायसी प्रविधिमा प्रवेश गरेको छ।

आफ्नै मोटर र नियन्त्रण प्रणाली विकास तथा उत्पादन गर्ने क्षमतालाई औद्योगिक ग्राहकसम्म पुर्‍याउने रणनीतिसमेत अघि बढाएको छ।

सन् २०२६ को आर्थिक वर्षमा कम्पनीको सञ्चालन आम्दानी १ हजार २९३ करोड ८० लाख भारतीय रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको ९५९ करोड ५० लाख रुपैयाँको तुलनामा यो करिब ३५ प्रतिशत वृद्धि हो।

कम्पनीले घाटा भने पूर्ण रूपमा अन्त्य गर्न सकेको छैन। तथापि अघिल्लो वर्षको १४८ करोड ९० लाख रुपैयाँ घाटा घटाएर ११७ करोड ४० लाख रुपैयाँमा सीमित गरेको छ।

सामान्य घरेलु उपकरणको बजारमा प्रविधिगत सुधारबाट सुरु भएको एउटा कम्पनी कसरी हजार करोड रुपैयाँभन्दा ठूलो व्यवसायमा विस्तार भयो? यसको उत्तर एटोमबर्गको उत्पादन, अनुसन्धान, बजार रणनीति, लगानी र वितरण प्रणालीको विकासमा भेटिन्छ।

अनुसन्धानबाट जन्मिएको व्यावसायिक सोच

एटोमबर्गको सुरुआतलाई बुझ्न भारतको मुम्बईस्थित भारतीय प्रविधि संस्थानको शैक्षिक तथा अनुसन्धान वातावरणमा फर्किनुपर्छ। कम्पनीका संस्थापक मनोजकुमार मीणा विद्युतीय तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा अध्ययन गरेका विद्यार्थी थिए।

प्रविधिको व्यावहारिक प्रयोग र नयाँ उपकरण निर्माणमा उनको विशेष रुचि थियो।

सन् २०१२ मा उनले केही सहकर्मीसँग मिलेर एटोमबर्ग स्थापना गरे। कम्पनीलाई भारतीय प्रविधि संस्थान मुम्बईको अनुसन्धान तथा उद्यमशीलता प्रवर्द्धन केन्द्रबाट सहयोग प्राप्त भयो। त्यहाँबाट अनुसन्धानमा आधारित व्यवसाय विकास गर्ने अवसर मिल्यो।

प्रारम्भिक अवस्थामा कम्पनीको लक्ष्य बजारमा एउटा नयाँ घरेलु उपकरण ल्याउनु थिएन। विद्युतीय प्रणाली, मोटर नियन्त्रण, तथ्याङ्क सङ्कलन र विभिन्न औद्योगिक प्रयोजनका उपकरण निर्माणमा कम्पनीले काम गर्‍यो।

विभिन्न अनुसन्धान संस्था र औद्योगिक ग्राहकका लागि परियोजनामा आधारित सेवा उपलब्ध गराउनु यसको आम्दानीको आधार थियो।

तर परियोजनामा आधारित व्यवसायको एउटा सीमा हुन्छ। प्रत्येक नयाँ ग्राहकका लागि फरक समाधान तयार गर्नुपर्छ। कामको परिमाण बढाउन जनशक्ति, समय र प्राविधिक स्रोत थप्नुपर्छ।

एउटै उत्पादन धेरै ग्राहकलाई बिक्री गरेर विस्तार गर्न सकिने व्यवसायको तुलनामा यस्तो मोडलमा तीव्र वृद्धि कठिन हुन्छ।

एटोमबर्गले पनि यही सीमा अनुभव गर्‍यो।

कम्पनीको प्राविधिक क्षमता बढ्दै गए पनि त्यसलाई ठूलो उपभोक्ता बजारमा विस्तार गर्न सकिने उत्पादन आवश्यक थियो। यही क्रममा संस्थापक समूहले घरायसी उपकरणको बजार अध्ययन गर्न थाल्यो।

यसै अवधिमा सन् २०१३ मा सिबब्रत दास कम्पनीमा सहसंस्थापकका रूपमा आबद्ध भए। इन्जिनियरिङ पृष्ठभूमि भएका दासले कम्पनीको व्यावसायिक विस्तार, बजार रणनीति र सञ्चालन व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

दुवैको क्षमता एकअर्काका पूरक थिए। एकातिर मोटर र विद्युतीय प्रणालीको प्राविधिक ज्ञान थियो भने अर्कोतिर उत्पादनलाई बजारसम्म पुर्‍याउने व्यावसायिक सोच विकास हुँदै थियो।

कम्पनीले केही वर्षसम्म विभिन्न सम्भावना परीक्षण गर्‍यो।

सवारीसाधनको निगरानी प्रणाली, तथ्याङ्क सङ्कलन उपकरण र मोटर नियन्त्रणसम्बन्धी परियोजनामा काम भयो। तर यी सबै परियोजनाले कम्पनीलाई ठूलो उपभोक्ता बजारमा पुर्‍याउने स्पष्ट आधार दिन सकेनन्।

त्यसपछि कम्पनीले एउटा महत्त्वपूर्ण निर्णय गर्‍यो-अरूले बनाएका उपकरणमा प्रविधि जोड्नेभन्दा आफैँले एउटा दैनिक प्रयोगको वस्तुलाई नयाँ प्रविधिमा रूपान्तरण गर्ने।

यही निर्णय एटोमबर्गको व्यावसायिक यात्राको निर्णायक मोड बन्यो।

पुरानो बजारमा नयाँ प्रविधि

एटोमबर्गले नयाँ व्यवसायका लागि रोजेको उत्पादन कुनै अपरिचित वस्तु थिएन। भारतका करोडौँ घरमा दैनिक प्रयोग हुने पङ्खा थियो।

पङ्खाको बजार ठूलो थियो, तर यसमा प्रविधिगत सुधारको सम्भावना पनि पर्याप्त थियो।

परम्परागत पङ्खामा प्रयोग हुने इन्डक्सन मोटरले तुलनात्मक रूपमा बढी विद्युत् खपत गर्थ्यो। घरमा दिनको धेरै घण्टा चल्ने पङ्खाले मासिक विद्युत् महसुलमा उल्लेखनीय योगदान पुर्‍याउँथ्यो।

यस्तो अवस्थामा कम विद्युत् खपत गर्ने पङ्खा उत्पादन गर्न सकिए त्यसको बजार सम्भावना ठूलो हुन सक्थ्यो।

कम्पनीले बीएलडीसी मोटर प्रविधिलाई केन्द्रमा राखेर उत्पादन विकास गर्ने निर्णय गर्‍यो।

यो प्रविधि विद्युतीय मोटरको क्षेत्रमा नयाँ थिएन। विभिन्न औद्योगिक तथा विद्युतीय उपकरणमा यसको प्रयोग हुँदै आएको थियो। तर भारतको ठूलो उपभोक्ता पङ्खा बजारमा यसलाई व्यापक रूपमा पुर्‍याउनु चुनौतीपूर्ण काम थियो।

बीएलडीसी मोटरमा परम्परागत मोटरमा जस्तो ब्रस प्रयोग हुँदैन।

यसले घर्षण र त्यसबाट हुने ऊर्जा क्षति घटाउँछ। विद्युतीय नियन्त्रण प्रणालीको सहयोगमा मोटर सञ्चालन हुने भएकाले गति नियन्त्रण पनि प्रभावकारी बनाउन सकिन्छ।

एटोमबर्गले यही प्रविधिलाई घरेलु पङ्खामा उपयोग गर्‍यो।

कम्पनीका उत्पादनसम्बन्धी विवरणअनुसार यसको प्रारम्भिक गोरीला मोडलले उच्च गतिमा चल्दा करिब २८ वाट विद्युत् खपत गर्थ्यो।

त्यसबेला सामान्य परम्परागत पङ्खाले करिब ७५ देखि ८० वाटसम्म खपत गर्ने तुलनात्मक आधार प्रस्तुत गरिएको थियो। यसले उत्पादनको ऊर्जा दक्षतामा ठूलो अन्तर देखाएको थियो।

यद्यपि वास्तविक बचत पङ्खाको मोडल, गति, प्रयोगको अवधि र सञ्चालन अवस्थाअनुसार फरक पर्न सक्छ।

यस प्रविधिको व्यावसायिक महत्त्व केवल विद्युत् बचतमा सीमित थिएन।

कम विद्युत् खपतले घरपरिवारको नियमित खर्च घटाउन सक्थ्यो। विद्युत् आपूर्तिमा समस्या हुने क्षेत्रमा पनि कम शक्तिमा सञ्चालन गर्न सकिने उपकरणको उपयोगिता बढ्थ्यो।

पङ्खाको मोटरमा केन्द्रित अनुसन्धानले कम्पनीलाई आफ्नै प्राविधिक पहिचान बनाउन सहयोग गर्‍यो। परम्परागत उत्पादनमा नयाँ प्रविधि थपेर ग्राहकलाई प्रत्यक्ष आर्थिक लाभ दिने यसको प्रस्ताव बजारमा फरक थियो।

सन् २०१५ मा पहिलो उपभोक्ता पङ्खा बजारमा ल्याउँदा कम्पनीले उत्पादनको नाम गोरीला राखेको थियो। उत्पादनको डिजाइन, मोटरको दक्षता र नियन्त्रण प्रणालीलाई एकीकृत गरेर बजारमा प्रस्तुत गरियो।

यसले एटोमबर्गलाई अनुसन्धानमा सीमित प्राविधिक कम्पनीबाट उपभोक्ता उपकरण उत्पादकका रूपमा रूपान्तरण गर्ने आधार तयार गर्‍यो।

ग्राहकको विश्वास जित्ने संघर्ष

नयाँ प्रविधि विकास गर्नु एउटा उपलब्धि हो। तर ग्राहकलाई त्यसका लागि बढी मूल्य तिर्न तयार बनाउनु अर्को चुनौती हो।

एटोमबर्गले यही चुनौती सामना गर्नुपर्‍यो। भारतको बजारमा पङ्खा सामान्य घरेलु उपकरण थियो। ग्राहकले लामो समयदेखि परिचित ब्रान्डका उत्पादन खरिद गर्दै आएका थिए।

मूल्यका आधारमा प्रतिस्पर्धा गर्ने स्थापित उत्पादकबीच नयाँ कम्पनीले आफ्नो स्थान बनाउन सजिलो थिएन।

एटोमबर्गको पङ्खा परम्परागत उत्पादनभन्दा महँगो थियो।

ग्राहकले सुरुमा किन बढी मूल्य तिर्ने भन्ने प्रश्न गर्थे। विद्युत् बचतको दीर्घकालीन लाभ देखिए पनि तत्कालको खरिद मूल्य ग्राहकका लागि महत्त्वपूर्ण थियो।

अपरिचित ब्रान्डका कारण बिक्रीपछिको सेवा, मर्मत सुविधा र उत्पादनको टिकाउपनबारे पनि ग्राहकमा आशङ्का थियो।

कम्पनीले बजार प्रवेशका लागि संस्थागत ग्राहकलाई प्राथमिकता दियो।

विद्यालय, अस्पताल, कार्यालय, ठूला कम्पनी र सार्वजनिक संस्थामा धेरै पङ्खा प्रयोग हुने भएकाले त्यहाँ विद्युत् बचतको प्रत्यक्ष आर्थिक लाभ देखाउन सकिन्थ्यो।

व्यक्तिगत ग्राहकले एउटा पङ्खा किन्दा हुने बचतभन्दा कुनै संस्थाले सयौँ पङ्खा प्रयोग गर्दा हुने बचत धेरै ठूलो हुन्थ्यो।

त्यसैले संस्थागत ग्राहकलाई उत्पादनको आर्थिक उपयोगिता बुझाउन तुलनात्मक रूपमा सहज थियो।

सुरुआती चरणमा मुम्बईको एउटा विद्यालयबाट १०० वटा पङ्खाको अर्डर प्राप्त भएको विवरण कम्पनीको व्यावसायिक यात्रासम्बन्धी अध्ययनमा उल्लेख छ।

त्यसपछि टाटा समूह, इन्फोसिस र भारतीय रेलवेजस्ता संस्थासँग व्यावसायिक सम्बन्ध विस्तार भयो।

ठूला संस्थागत ग्राहकसँगको कारोबारले कम्पनीलाई दुई प्रकारको लाभ दियो। पहिलो, उत्पादनको विश्वसनीयता परीक्षण गर्ने अवसर प्राप्त भयो। दोस्रो, उत्पादनको वास्तविक उपयोगिता देखाएर बजारमा विश्वास निर्माण गर्न सहयोग पुग्यो।

तर संस्थागत कारोबारको पनि सीमा थियो। भारतको कुल पङ्खा बजारको तुलनामा संस्थागत ग्राहकको हिस्सा सीमित थियो। ठूलो उपभोक्ता ब्रान्ड बन्न कम्पनीले घरपरिवारसम्म पुग्नुपर्ने आवश्यकता थियो।

त्यसैले एटोमबर्गले व्यवसायको अर्को चरणमा व्यक्तिगत उपभोक्तालाई लक्षित गर्ने निर्णय गर्‍यो।

यो परिवर्तनसँगै कम्पनीले आफ्नो उत्पादनलाई केवल विद्युत् बचत गर्ने उपकरणका रूपमा प्रस्तुत गर्न छाडेर डिजाइन, सुविधा र आधुनिक जीवनशैलीसँग जोड्न थाल्यो।

ग्राहकले पङ्खा किन्दा विद्युत् खपत मात्र हेर्दैनन्। त्यसको रूप, आवाज, गति, रिमोट नियन्त्रण, कोठाको सजावटसँगको मेल र बिक्रीपछिको सेवासमेत हेर्छन्।

एटोमबर्गले यी सबै पक्षलाई उत्पादन विकासको प्रक्रियामा समेट्यो। यसले प्राविधिक उत्पादनलाई उपभोक्ताको रुचिअनुसारको ब्रान्डमा रूपान्तरण गर्ने आधार तयार गर्‍यो।

डिजिटल बजारबाट देशव्यापी विस्तार

सन् २०१६ एटोमबर्गका लागि बजार विस्तारको अर्को महत्त्वपूर्ण वर्ष बन्यो। कम्पनीले अनलाइन बजारमा प्रवेश गर्दै प्रत्यक्ष उपभोक्तासम्म पुग्ने रणनीति अघि बढायो।

भारतमा अनलाइन किनमेलको विस्तार भइरहेको थियो। फ्लिपकार्ट र अमेजनजस्ता विद्युतीय व्यापार मञ्चले नयाँ ब्रान्डलाई देशका विभिन्न क्षेत्रमा ग्राहकसम्म पुग्ने अवसर दिइरहेका थिए।

परम्परागत वितरण सञ्जाल निर्माण गर्न ठूलो पुँजी र समय आवश्यक पर्थ्यो। तर अनलाइन बिक्रीबाट नयाँ कम्पनीले सीमित स्रोतमा पनि विभिन्न सहरका ग्राहकसम्म पुग्न सक्थ्यो।

एटोमबर्गले यही अवसर उपयोग गर्‍यो।

अनलाइन बिक्रीले ग्राहकको प्रतिक्रिया प्राप्त गर्ने, उत्पादनको मूल्याङ्कन बुझ्ने र विभिन्न बजारमा माग परीक्षण गर्ने अवसर पनि दियो। ग्राहकले दिएका सुझाव र गुनासाका आधारमा कम्पनीले उत्पादन सुधार गर्न सक्थ्यो।

तर अनलाइन बजारमा प्रवेश गर्नु मात्रै पर्याप्त थिएन। पङ्खा जस्तो उपकरणमा ग्राहकले खरिद गर्नुअघि त्यसको गुणस्तर र सञ्चालन प्रत्यक्ष अनुभव गर्न चाहन्छन्। मर्मत र जडान सेवाको उपलब्धता पनि आवश्यक थियो।

त्यसैले कम्पनीले सन् २०१८ देखि परम्परागत खुद्रा बजारमा प्रवेश गर्‍यो।

यसले एटोमबर्गलाई दुईवटा वितरण प्रणाली उपलब्ध गरायो। अनलाइन बजारबाट देशव्यापी ग्राहकसम्म पहुँच र खुद्रा पसलबाट प्रत्यक्ष उत्पादन अनुभव तथा स्थानीय बिक्रीपछिको सेवा।

भारतको उपभोक्ता बजारमा यो रणनीति महत्त्वपूर्ण थियो। किनकि अनलाइन किनमेल गर्ने ग्राहक र पसलमा गएर उत्पादन छानेर खरिद गर्ने ग्राहकको व्यवहार फरक हुन्छ।

कम्पनीले दुवै समूहलाई समेट्ने प्रयास गर्‍यो।

सन् २०१९ सम्म एटोमबर्गले एक लाख पङ्खा बिक्री गरेको र १५० सहरमा आफ्नो बजार विस्तार गरेको कम्पनीसम्बन्धी विवरणमा उल्लेख छ। त्यसपछि यसको खुद्रा सञ्जाल तीव्र रूपमा विस्तार भयो।

कम्पनीले प्रविधि, उत्पादन र बजार विस्तारलाई एकैसाथ अघि बढाउनुपर्ने अवस्था थियो। नयाँ उत्पादनको माग बढेपछि उत्पादन क्षमता, आपूर्ति व्यवस्थापन र बिक्रीपछिको सेवामा पनि लगानी गर्नुपर्ने भयो।

यसरी एटोमबर्गले एउटा अनुसन्धानमा आधारित नयाँ कम्पनीबाट देशव्यापी उपभोक्ता ब्रान्ड बन्ने यात्रा अघि बढायो। <sup>[४]</sup>

उत्पादनसँगै निर्माण क्षमताको विकास

प्रविधिमा आधारित उपभोक्ता उपकरणको व्यवसायमा उत्पादनको डिजाइन मात्र पर्याप्त हुँदैन। त्यसलाई गुणस्तरीय रूपमा ठूलो परिमाणमा उत्पादन गर्न सक्ने क्षमता पनि आवश्यक हुन्छ।

एटोमबर्गले सुरुमा सीमित उत्पादन र बाह्य आपूर्तिकर्तामा निर्भर रहेर काम गरेको थियो। तर बजार विस्तारसँगै आफ्नै उत्पादन क्षमताको आवश्यकता बढ्दै गयो।

मोटर, विद्युतीय नियन्त्रण प्रणाली र अन्य महत्त्वपूर्ण उपकरणको गुणस्तरमा कम्पनीको नियन्त्रण हुनुपर्ने थियो। सामान्य पङ्खा उत्पादकको तुलनामा एटोमबर्गको प्रतिस्पर्धात्मक आधार नै यसको मोटर प्रविधि भएकाले त्यसको उत्पादन तथा गुणस्तर व्यवस्थापन महत्त्वपूर्ण थियो।

सन् २०२२ मा कम्पनीले भारतको महाराष्ट्र राज्यको पुणेस्थित भाम्बोलीमा उत्पादन केन्द्र सञ्चालनमा ल्यायो।

यसले कम्पनीको उत्पादन क्षमतामा नयाँ चरण सुरु गर्‍यो। ठूलो उत्पादन केन्द्रले आपूर्ति व्यवस्थापन, उत्पादनको गुणस्तर, अनुसन्धान र उत्पादन लागतमा नियन्त्रण कायम गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको थियो।

कम्पनीको उत्पादन विस्तारसँगै भारतभित्रै निर्माण गर्ने क्षमतालाई प्राथमिकता दिइयो। यसले बाह्य आपूर्तिमा निर्भरता घटाउने र आफ्नै प्रविधि विकास गर्ने लक्ष्यलाई बलियो बनायो।

एटोमबर्गले सन् २०२३ मा एटोमबर्ग इनोभेसन प्राइभेट लिमिटेड नामको सहायक कम्पनी स्थापना गर्‍यो। यसमार्फत मोटर र नियन्त्रण प्रणालीजस्ता महत्त्वपूर्ण उपकरणको डिजाइन तथा उत्पादनलाई छुट्टै व्यावसायिक क्षेत्रका रूपमा विकास गर्न थालियो।

सन् २०२४ मा यसको चाकन-वरालेस्थित उत्पादन सञ्चालन सुरु भयो।

यो कदम कम्पनीको दीर्घकालीन रणनीतिका दृष्टिले महत्त्वपूर्ण थियो। किनकि एटोमबर्गको प्रविधि केवल आफ्नै पङ्खामा मात्र प्रयोग हुने सम्भावना थिएन। मोटर र नियन्त्रण प्रणालीको आवश्यकता अन्य घरेलु उपकरण, औद्योगिक उत्पादन र विभिन्न प्रविधिमा पनि हुन्छ।

त्यसैले कम्पनीले उपभोक्ता ब्रान्डका साथै औद्योगिक ग्राहकलाई आवश्यक पर्ने महत्त्वपूर्ण उपकरण आपूर्ति गर्ने व्यवसाय विकास गर्न खोजेको छ।

यसले एटोमबर्गलाई तयार उपकरण बिक्री गर्ने कम्पनीबाट प्रविधि र उत्पादनका महत्त्वपूर्ण अङ्ग विकास गर्ने औद्योगिक कम्पनीतर्फ विस्तार गर्ने सम्भावना खोल्छ।

पङ्खाबाट अन्य उपकरणसम्म

एटोमबर्गले पङ्खाको बजारमा पहिचान बनाएपछि अर्को प्रश्न सामना गर्‍यो- के यही प्रविधिगत क्षमता अन्य घरायसी उपकरणमा पनि प्रयोग गर्न सकिन्छ?

घरायसी उपकरणको बजारमा मोटरको महत्त्व धेरै हुन्छ। मिक्सर, ग्राइन्डर, जुसर, पङ्खा, वासिङ मेसिन र विभिन्न उपकरणमा मोटरले मुख्य भूमिका निर्वाह गर्छ।

कम्पनीले मोटर तथा नियन्त्रण प्रणालीमा विकास गरेको ज्ञानलाई अन्य उत्पादनमा उपयोग गर्न सकिने सम्भावना देख्यो।

सन् २०२२ मा कम्पनीले भान्साका उपकरणको बजारमा प्रवेश गर्‍यो। मिक्सर ग्राइन्डरलाई नयाँ उत्पादन समूहका रूपमा विकास गरियो। त्यसपछि विभिन्न प्रकारका भान्साका उपकरणको सूची विस्तार हुँदै गयो।

सन् २०२३ मा स्मार्ट ताल्चा बजारमा ल्याइयो। यसले कम्पनीलाई घरको सुरक्षा र स्वचालित सञ्चालनसम्बन्धी उपकरणको बजारमा प्रवेश गरायो।

सन् २०२५ मा एटोमबर्गले इन्टेलोन नामबाट पानी शुद्धीकरण उपकरण बजारमा ल्यायो। यसमा पानीको गुणस्तरअनुसार शुद्धीकरण प्रणाली समायोजन गर्ने प्रविधि समावेश गरिएको कम्पनीको दाबी छ।

कम्पनीले उत्पादन विविधीकरण गर्दा एउटा महत्त्वपूर्ण रणनीति अपनाएको देखिन्छ।

नयाँ उत्पादन समूहमा प्रवेश गरे पनि अनुसन्धान, मोटर प्रविधि, विद्युतीय नियन्त्रण र स्मार्ट उपकरण निर्माणको अनुभवलाई साझा आधार बनाउने।

यसले कम्पनीलाई हरेक नयाँ उत्पादनका लागि बिल्कुलै नयाँ प्रविधि विकास गर्नुपर्ने अवस्थाबाट केही हदसम्म मुक्त गर्छ।

तर उत्पादन विविधीकरण आफैँमा सफलताको प्रत्याभूति होइन। प्रत्येक उत्पादनको बजार, प्रतिस्पर्धा, ग्राहकको रुचि र बिक्रीपछिको सेवा फरक हुन्छ।

पङ्खामा स्थापित भएको ब्रान्डको विश्वास अन्य उपकरणमा पनि कायम राख्न कम्पनीले छुट्टै बजार रणनीति विकास गर्नुपर्छ।

एटोमबर्गका लागि यही विस्तार अब अर्को व्यावसायिक परीक्षा बनेको छ।

लगानीकर्ताको विश्वास र बजार विस्तार

कुनै प्रविधि कम्पनीको विकासमा अनुसन्धान र उत्पादनसँगै पुँजीको भूमिका महत्त्वपूर्ण हुन्छ। उत्पादन केन्द्र निर्माण, अनुसन्धान, वितरण सञ्जाल, विज्ञापन र बिक्रीपछिको सेवा विस्तारका लागि ठूलो लगानी आवश्यक पर्छ।

एटोमबर्गले प्रारम्भिक चरणमा आफ्नै स्रोत र सीमित परियोजनाबाट व्यवसाय सञ्चालन गरेको थियो। पछि संस्थागत लगानीकर्तालाई जोड्दै कम्पनीले पुँजी जुटाउन थाल्यो।

सन् २०१५ तिर कम्पनीले आर्टी समूहसँग सम्बन्धित लगानीकर्ताबाट करिब एक करोड भारतीय रुपैयाँको प्रारम्भिक लगानी प्राप्त गरेको विवरण सार्वजनिक भएको छ। यसले उत्पादन विकास, आधारभूत उत्पादन प्रणाली र बजार प्रवेशमा सहयोग पुर्‍यायो।

त्यसपछि कम्पनीले विभिन्न चरणमा लगानी जुटाउँदै गयो। ए९१ पार्टनर्स, जंगल भेन्चर्स, इन्फ्लेक्सर भेन्चर्स, स्टेडभ्यु क्यापिटल र टेमासेकजस्ता लगानीकर्ता कम्पनीसँग जोडिए।

सन् २०२३ मेमा टेमासेक र स्टेडभ्यु क्यापिटलको नेतृत्वमा कम्पनीले ८ करोड ६० लाख अमेरिकी डलरको लगानी चरण पूरा गरेको थियो।

त्यसपछि सन् २०२५ डिसेम्बरमा टेमासेकको नेतृत्वमा थप २१ करोड २० लाख भारतीय रुपैयाँको लगानी जुटाएको विवरण सार्वजनिक भयो।

यससँगै कम्पनीले विभिन्न चरणमा जुटाएको कुल बाह्य पुँजी १५ करोड अमेरिकी डलरभन्दा माथि पुगेको व्यावसायिक समाचार विवरणमा उल्लेख छ।

लगानीकर्ताको चासो कम्पनीको बिक्री वृद्धिमा मात्र केन्द्रित थिएन। ऊर्जा बचत गर्ने उत्पादनको सम्भावना, भारतको ठूलो उपभोक्ता बजार, आफ्नै प्रविधि विकास गर्ने क्षमता र अन्य उपकरणमा विस्तार गर्न सकिने अवसर पनि यसका आधार थिए।

सन् २०२६ जुलाईमा एटोमबर्गले निजी कम्पनीबाट सार्वजनिक कम्पनीमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको विवरण सार्वजनिक भयो। यो सम्भावित प्राथमिक सेयर निष्कासनको तयारीसँग जोडिएको कदम थियो।

कम्पनीले सन् २०२६ अगस्ट २० मा भारतीय धितोपत्र तथा विनिमय बोर्डमा प्रारम्भिक विवरणपत्र पेस गरेको आफ्नो आधिकारिक लगानीकर्ता सम्बन्धी पृष्ठमा उल्लेख गरेको छ।

सार्वजनिक निष्कासनबाट १ हजार ५०० देखि २ हजार करोड भारतीय रुपैयाँसम्म जुटाउने योजना रहेको समाचार विवरणमा उल्लेख छ। यसबाट प्राप्त पुँजी उत्पादन क्षमता विस्तार, ऋण व्यवस्थापन, बजार प्रवर्द्धन र अन्य व्यावसायिक प्रयोजनमा लगाउने लक्ष्य राखिएको बताइएको छ।

तर प्रारम्भिक विवरणपत्र पेस हुनु र सेयर निष्कासन पूरा हुनु फरक विषय हुन्। त्यसैले यसलाई सम्पन्न सार्वजनिक निष्कासन नभई प्रक्रियामा रहेको सम्भावित बजार प्रवेशका रूपमा बुझ्नुपर्छ।

हजार करोडको आम्दानी, नाफाको चुनौती

एटोमबर्गको व्यावसायिक यात्रामा सबैभन्दा महत्त्वपूर्ण पक्ष यसको आम्दानीको विस्तार हो।

सुरुमा अनुसन्धान परियोजनामा आधारित सीमित व्यवसाय सञ्चालन गरेको कम्पनीले क्रमशः उपभोक्ता बजारमा आफ्नो उपस्थिति बढाउँदै लग्यो। पङ्खाको बिक्री, नयाँ उत्पादन समूह र देशव्यापी वितरण सञ्जालले आम्दानी विस्तारमा सहयोग पुर्‍याए।

सन् २०२२ को आर्थिक वर्षमा कम्पनीको सञ्चालन आम्दानी करिब ३४८ करोड भारतीय रुपैयाँ थियो। त्यसको अर्को वर्ष सन् २०२३ मा आम्दानी ६४५ करोड रुपैयाँ पुगेको थियो।

सन् २०२४ मा ८४८ करोड रुपैयाँ र सन् २०२५ मा करिब ९५९ करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

सन् २०२६ को आर्थिक वर्षमा सञ्चालन आम्दानी १ हजार २९३ करोड ८० लाख भारतीय रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ प्रतिशत वृद्धि हो।

यसरी चार वर्षको अवधिमा कम्पनीको सञ्चालन आम्दानी करिब चार गुणा पुगेको देखिन्छ।

तर आम्दानीको वृद्धि र नाफा एउटै कुरा होइन। एटोमबर्गले अझै पनि घाटाको चुनौती सामना गरिरहेको छ।

सन् २०२५ को आर्थिक वर्षमा कम्पनीको खुद घाटा १४८ करोड ९० लाख भारतीय रुपैयाँ थियो। सन् २०२६ मा यसलाई घटाएर ११७ करोड ४० लाख रुपैयाँमा ल्याइएको छ।

घाटा घट्नु सकारात्मक संकेत भए पनि कम्पनीले नाफामा पुग्न अझै काम गर्नुपर्ने देखिन्छ। उत्पादन लागत, अनुसन्धान, विज्ञापन, वितरण, कर्मचारी र बजार विस्तारमा हुने खर्चलाई आम्दानीको वृद्धिसँग सन्तुलित बनाउनु आवश्यक छ।

उपभोक्ता उपकरणको बजारमा प्रतिस्पर्धा तीव्र छ।

स्थापित कम्पनीसँग उत्पादन क्षमता, वितरण सञ्जाल र ग्राहकको विश्वासको लामो इतिहास छ। नयाँ कम्पनीले बजार हिस्सा बढाउन विज्ञापन, बिक्री प्रवर्द्धन र सेवामा ठूलो खर्च गर्नुपर्ने हुन्छ।

एटोमबर्गले आफ्नो विस्तारलाई निरन्तरता दिँदै घाटा घटाउने प्रयास गरिरहेको छ।

आगामी सार्वजनिक निष्कासनको तयारीमा कम्पनीको नाफा, आम्दानी र नगद प्रवाहको अवस्था लगानीकर्ताका लागि महत्त्वपूर्ण परीक्षण बन्नेछ।

यसकारण एटोमबर्गको सफलतालाई केवल हजार करोडको आम्दानीबाट मूल्याङ्कन गर्नु पर्याप्त हुँदैन। यसको वास्तविक व्यावसायिक सफलता निरन्तर नाफा कमाउन सक्ने क्षमताले निर्धारण गर्नेछ।

नयाँ औद्योगिक सम्भावनातर्फ

एटोमबर्गको आगामी व्यावसायिक रणनीति पङ्खा र घरायसी उपकरणको बजारभन्दा पनि फराकिलो हुँदै गएको छ।

कम्पनीले मोटर, नियन्त्रण प्रणाली र कम्प्रेसरजस्ता महत्त्वपूर्ण उपकरणको आफ्नै प्रविधि विकासमा जोड दिइरहेको छ। यस्ता उपकरण पङ्खा, रेफ्रिजरेटर, वातानुकूलन प्रणाली, वासिङ मेसिन र अन्य औद्योगिक उत्पादनमा प्रयोग हुन्छन्।

सन् २०२६ मार्चमा सार्वजनिक भएको कम्पनीको रणनीतिसम्बन्धी विवरणअनुसार एटोमबर्गले स्वदेशमै मोटर र कम्प्रेसर प्रविधिको विकास गरी औद्योगिक ग्राहकसम्म आपूर्ति गर्ने लक्ष्य अघि सारेको छ।

यसको अर्थ कम्पनीले अब आफ्नै नामको पङ्खा बिक्री गर्ने व्यवसायबाट अन्य उत्पादकलाई आवश्यक पर्ने महत्त्वपूर्ण प्रविधि आपूर्ति गर्ने बजारसमेत खोजिरहेको छ।

भारतको उत्पादन क्षेत्रमा स्वदेशी प्रविधि विकास गर्ने नीतिगत प्राथमिकता बढिरहेका बेला यस्तो व्यवसायले नयाँ अवसर पाउन सक्छ।

विशेषगरी मोटर र विद्युतीय नियन्त्रण प्रणालीमा विदेशी आपूर्तिमाथिको निर्भरता घटाउन सकिए त्यसले औद्योगिक उत्पादनको लागत र आपूर्ति सुरक्षामा सहयोग पुर्‍याउन सक्छ।

एटोमबर्गले अनुसन्धान र विकासलाई आफ्नो प्रतिस्पर्धात्मक आधारका रूपमा लिएको छ। यसले दीर्घकालीन रूपमा कम्पनीलाई एउटा उपभोक्ता ब्रान्डभन्दा बढी प्रविधि उत्पादकका रूपमा स्थापित गर्न सक्ने सम्भावना छ।

तर यो लक्ष्य हासिल गर्न निरन्तर अनुसन्धान, दक्ष जनशक्ति, उत्पादन गुणस्तर र औद्योगिक ग्राहकको विश्वास आवश्यक हुनेछ।

कम्पनीको आगामी दशकको सफलता यसले कति नयाँ उत्पादन बजारमा ल्याउँछ भन्नेमा मात्र निर्भर रहने छैन।

आफ्नै प्रविधि अन्य उत्पादकले समेत प्रयोग गर्ने गरी विकास गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ।

ऊर्जा बचतबाट बनेको व्यावसायिक पहिचान

एटोमबर्गको कथा एउटा साधारण घरेलु उपकरणमा प्रविधिगत सुधार गरेर ठूलो बजार निर्माण गर्न सकिन्छ भन्ने उदाहरण हो।

भारतमा पङ्खा उत्पादन गर्ने कम्पनीको कमी थिएन। बजारमा दशकौँदेखि स्थापित ब्रान्ड थिए। ग्राहकसँग परिचित उत्पादन थिए। नयाँ कम्पनीका लागि त्यस्तो बजारमा प्रवेश गर्नु सहज थिएन।

तर एटोमबर्गले प्रतिस्पर्धाको आधार परिवर्तन गर्ने प्रयास गर्‍यो। उसले मूल्यमा मात्र प्रतिस्पर्धा गरेन। उत्पादनले ग्राहकलाई दिने दीर्घकालीन आर्थिक लाभलाई आफ्नो व्यावसायिक पहिचान बनायो।

विद्युत् बचत गर्ने पङ्खा महँगो भए पनि लामो समय प्रयोग गर्दा त्यसबाट हुने बचतले प्रारम्भिक मूल्यको अन्तर कम गर्न सक्ने तर्क कम्पनीले अघि सार्‍यो। यही तर्कलाई प्रविधि, डिजाइन, डिजिटल सुविधा र सेवा प्रणालीसँग जोडियो।

यसले ग्राहकलाई उत्पादनको मूल्य केवल खरिद गर्दाको लागतबाट होइन, प्रयोग अवधिभरको कुल खर्चबाट हेर्न प्रेरित गर्‍यो।

नेपालजस्ता विद्युत् खपत र ऊर्जा दक्षताको विषय महत्त्वपूर्ण बन्दै गएका देशका लागि पनि यो व्यावसायिक मोडल अध्ययनयोग्य छ। घरायसी उपकरणको बजारमा ऊर्जा बचत गर्ने उत्पादनको माग बढाउन सकिन्छ।

तर त्यसका लागि ग्राहकलाई प्रविधिको लाभ, प्रारम्भिक लागत र दीर्घकालीन बचत स्पष्ट रूपमा बुझाउनुपर्छ।

एटोमबर्गले देखाएको अर्को महत्त्वपूर्ण पाठ अनुसन्धान र बजारबीचको सम्बन्ध हो। प्रविधि प्रयोगशालामा विकास गरेर मात्र व्यवसाय सफल हुँदैन।

त्यसलाई ग्राहकले किन्न चाहने, प्रयोग गर्न सक्ने र आर्थिक लाभ प्राप्त गर्ने उत्पादनमा रूपान्तरण गर्नुपर्छ।

त्यस्तै, नयाँ उत्पादन ल्याउनु मात्र पर्याप्त हुँदैन। वितरण, मर्मत, ग्राहक सेवा र उत्पादनको गुणस्तर पनि समान रूपमा महत्त्वपूर्ण हुन्छन्।

कम्पनीले संस्थागत बजारबाट सुरु गरेर अनलाइन र खुद्रा बजारसम्म विस्तार गरेको यात्रा यसैको उदाहरण हो।

यद्यपि एटोमबर्गको कथा पूर्ण सफलताको अन्तिम बिन्दुमा पुगेको छैन। आम्दानी तीव्र रूपमा बढे पनि कम्पनी घाटामै छ। नयाँ उत्पादन समूहमा प्रतिस्पर्धा बढ्दै छ।

सम्भावित सार्वजनिक निष्कासनपछि लगानीकर्ताको अपेक्षा पनि थपिनेछ।

तर एउटा सामान्य घरेलु उपकरणको बजारमा अनुसन्धान र ऊर्जा दक्षताको आधारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्न सक्नु आफैँमा उल्लेखनीय व्यावसायिक उपलब्धि हो।

सन् २०१२ मा अनुसन्धान परियोजनाबाट सुरु भएको एटोमबर्ग आज पङ्खा, भान्साका उपकरण, स्मार्ट सुरक्षा, पानी शुद्धीकरण र औद्योगिक मोटर प्रविधिसम्म फैलिएको छ।

यसको व्यावसायिक यात्राले एउटा स्पष्ट सन्देश दिन्छ-ठूलो व्यवसाय निर्माण गर्न सधैँ बिल्कुलै नयाँ वस्तु आविष्कार गर्नुपर्दैन।

करोडौँ मानिसले दैनिक प्रयोग गरिरहेको वस्तुको कमजोरी पहिचान गरेर त्यसलाई अझ प्रभावकारी, किफायती र उपयोगी बनाउन सक्नु पनि ठूलो बजार निर्माण गर्ने आधार बन्न सक्छ।

एटोमबर्गले पङ्खाको आकार बदलेर मात्र आफ्नो व्यवसाय बनाएको होइन। उसले पङ्खाको पछाडि रहेको मोटर, ऊर्जा खपत र ग्राहकको खर्च बुझ्ने तरिका परिवर्तन गर्ने प्रयास गरेको छ।

सामान्य पङ्खाबाट सुरु भएको यो यात्रा अब भारतको घरेलु उपकरण उद्योगमा आफ्नै प्रविधि र उत्पादन क्षमताको नयाँ आधार निर्माण गर्ने दिशामा अघि बढिरहेको छ।

2