Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

विद्युत् निर्यातबाट ३० अर्ब आम्दानी

विद्युत् निर्यातबाट ३० अर्ब आम्दानी
A A+ A-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा भारत र बंगलादेशमा बिजुली निर्यात गरेर ३० अर्ब रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षमा करिब २९ अर्ब रुपैयाँको विद्युत् निर्यात गरेको नेपालले यस वर्ष उत्पादन र निर्यात दुवै बढ्ने अपेक्षा गरेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार हालसम्म करिब २४ देखि २५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भइसकेको छ। पछिल्ला तीन–चार महिनामा प्रत्येक महिना औसत पाँच अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात भएको उनले जानकारी दिए।

उनका अनुसार भोटेकोशीमा आएको बाढीले केही जलविद्युत् आयोजनामा क्षति पुर्‍याए पनि पर्याप्त वर्षाका कारण नदीमा पानीको बहाव बढेको छ। यसले विद्युत् उत्पादन बढाउन सहयोग पुर्‍याएकाले यस वर्ष गत वर्षभन्दा बढी बिजुली निर्यात हुने प्राधिकरणको अनुमान छ।

नेपालले आन्तरिक माग पूरा गरेपछि वर्षायाममा बचत हुने विद्युत् भारत र बंगलादेशमा बिक्री गर्दै आएको छ। भारतमा द्विपक्षीय सम्झौताअन्तर्गत हरियाणा र बिहार राज्यमा बिजुली बिक्री गरिन्छ। त्यसबाहेक भारतीय ऊर्जा विनिमय बजारको डे–अहेड र रियल टाइम बजारमार्फत प्रतिस्पर्धी दरमा विद्युत् बिक्री हुँदै आएको छ।

हरियाणा र बिहारसँगको मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार जुनदेखि अक्टोबरसम्म बिजुली निर्यात गरिन्छ। भारतसँगको व्यापारसँगै नेपालले बंगलादेशमा पनि वर्षायामको अतिरिक्त विद्युत् बिक्री गर्दै आएको छ।

तर, गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्‍याएपछि बंगलादेशतर्फको विद्युत् निर्यात रोकिएको थियो। ती आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्न स्वीकृति प्राप्त थियो।

बाढीका कारण भारतको हरियाणा राज्यतर्फ हुने विद्युत् निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको थियो। प्रभावित आयोजनाको सट्टा अन्य जलविद्युत् केन्द्रबाट उत्पादित बिजुली निर्यात गर्ने व्यवस्था मिलाइएको कार्यकारी निर्देशक श्रेष्ठले बताए।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट नयाँ आयोजनाको विद्युत् बंगलादेश निर्यात गर्न स्वीकृति प्राप्त भएपछि केही दिनअघिदेखि पुनः निर्यात सुरु भएको छ। नयाँ व्यवस्थाअनुसार यसअघि स्वीकृति प्राप्त त्रिशूली, देवीघाट र चिलिमेको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा भारतको हरियाणा राज्यमा निर्यात गर्न अनुमति पाइएको छ।

श्रेष्ठले बाढीबाट प्रभावित आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगे पनि अन्य आयोजनाबाट निर्यातलाई निरन्तरता दिन सक्नु र बंगलादेशतर्फको विद्युत् व्यापार पुनः सुरु हुनु नेपालको विद्युत् व्यापारका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए। यसले वर्षायाममा उत्पादन हुने अतिरिक्त बिजुलीको बजार व्यवस्थापन र क्षेत्रीय विद्युत् व्यापार विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ।

उनले हालसम्म २४–२५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भइसकेको र वर्षको अन्त्यसम्म गत वर्षको निर्यात आम्दानीभन्दा बढी हुने बताए। बंगलादेशतर्फको निर्यात पुनः सुरु भएकाले पनि यस वर्षको आम्दानी बढ्ने अपेक्षा गरिएको उनले जानकारी दिए।

नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते वर्षायामको विद्युत् निर्यातसम्बन्धी पाँचवर्षीय सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात हुँदै आएको छ।

भारतसँगको द्विपक्षीय सम्झौता, प्रतिस्पर्धी ऊर्जा बजार र बंगलादेशसँगको पाँचवर्षीय सम्झौताले नेपालको अतिरिक्त विद्युत् व्यवस्थापनमा सहयोग पुर्‍याउँदै आएका छन्। यस वर्ष जलविद्युत् उत्पादन अनुकूल रहेकाले दुवै देशतर्फको निर्यात बढ्ने र त्यसबाट प्राप्त आम्दानीसमेत गत वर्षको तुलनामा वृद्धि हुने प्राधिकरणको अपेक्षा छ।

2