Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

ईभी चार्जिङ पेट्रोलभन्दा महँगो

ईभी चार्जिङ पेट्रोलभन्दा महँगो
A A+ A-

एजेन्सी । आयरल्यान्डमा सार्वजनिक चार्जिङ स्टेसनबाट विद्युतीय सवारीसाधन (ईभी) चार्ज गर्दा पेट्रोल र डिजेल गाडीमा इन्धन भर्नुभन्दा महँगो पर्न थालेको छ। देशकै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क सञ्चालक ईएसबीले शुल्कमा १५ देखि १८ प्रतिशतसम्म वृद्धि गरेपछि सार्वजनिक चार्जर प्रयोग गर्ने चालकको खर्च बढेको हो।

आइरिस इन्डिपेन्डेन्टका अनुसार ईएसबीले यसअघि गत जुलाईमा पनि चार्जिङ शुल्क बढाएको थियो। पछिल्लो वृद्धिपछि एउटा औसत विद्युतीय कार पूर्ण चार्ज गर्दा पुरानो दरको तुलनामा सातदेखि १२ युरोसम्म बढी खर्च लाग्ने भएको छ।

यसको सबैभन्दा बढी असर घरमा आफ्नै पार्किङ वा व्यक्तिगत चार्जरको सुविधा नभएका तथा अपार्टमेन्टमा बस्ने विद्युतीय कारधनीलाई परेको छ। सार्वजनिक चार्जिङ स्टेसनमा निर्भर चालकले अब कार चार्ज गर्न ३५ प्रतिशतसम्म बढी रकम तिर्नुपर्ने भएको छ।

७९ किलोवाट–घण्टा क्षमताको ब्याट्री भएको फक्सवागन आईडी–३ जस्तो कार वार्षिक १५ हजार किलोमिटर गुडाउँदा सार्वजनिक चार्जर प्रयोग गरेमा पेट्रोल वा डिजेल गाडीको तुलनामा झन्डै एक हजार ५०० युरोसम्म बढी खर्च हुन सक्ने समाचारमा उल्लेख छ। चिसो मौसममा ब्याट्रीको क्षमता र यात्रा दूरी घट्ने भएकाले जाडोयाममा यस्तो खर्च अझै बढ्न सक्ने अनुमान गरिएको छ।

आयरल्यान्डभर करिब एक हजार ६०० सार्वजनिक चार्जिङ पोइन्ट सञ्चालन गरिरहेको ईएसबीले थोक ऊर्जा बजारमा भएको मूल्यवृद्धिलाई शुल्क बढाउनुको कारण देखाएको छ। नयाँ दरअनुसार सुस्त गतिको चार्जरको शुल्क प्रतियुनिट ६१ सेन्टबाट बढाएर ७२ सेन्ट पुर्‍याइएको छ। त्यस्तै, फास्ट चार्जरको शुल्क ७३ सेन्टबाट बढाएर ८५ सेन्ट कायम गरिएको छ। गत जुनयता फास्ट चार्जरको मूल्यमा मात्रै २४ प्रतिशत वृद्धि भइसकेको छ।

नयाँ दरअनुसार ७९ किलोवाट–घण्टा क्षमताको ब्याट्री भएको कार ईएसबीको फास्ट चार्जरबाट पूर्ण चार्ज गर्दा ६७.१५ युरो खर्च हुन्छ। यसबाट जाडो मौसममा करिब ४५० किलोमिटर यात्रा गर्न सकिन्छ।

यसको तुलनामा १.६ लिटर इन्जिन भएको डिजेल कारमा करिब ९५० किलोमिटर यात्रा गर्न ११० युरो खर्च लाग्छ। सोही क्षमताको पेट्रोल कारमा त्यति नै दूरीका लागि करिब ९५ युरो खर्च हुने जनाइएको छ। यसरी प्रतिकिलोमिटर यात्राको हिसाब गर्दा सार्वजनिक चार्जरबाट ईभी चलाउनु पेट्रोल र डिजेल गाडीभन्दा महँगो देखिएको छ।

यद्यपि, घरमै व्यक्तिगत चार्जरको सुविधा भएका चालकका लागि भने विद्युतीय कार चार्ज गर्ने लागत निकै कम छ। घरबाटै चार्ज गर्दा पूर्ण चार्जको खर्च २५ युरोभन्दा कम पर्ने जनाइएको छ। यसले सार्वजनिक चार्जिङ पूर्वाधारमा निर्भर चालक र घरमै चार्ज गर्ने सुविधा भएका चालकबीच खर्चको ठूलो अन्तर देखाएको छ।

सार्वजनिक चार्जिङ शुल्क बढे पनि आयरल्यान्डमा विद्युतीय सवारीसाधनको बिक्री भने बढिरहेको छ। सन् २०२५ को सुरुआतदेखि यस वर्षको नोभेम्बरसम्म त्यहाँ ५९ हजार ३५२ वटा नयाँ विद्युतीय कार दर्ता भएका छन्। यो संख्या पेट्रोल, डिजेल वा हाइब्रिड गाडीको दर्ताभन्दा बढी रहेको समाचारमा उल्लेख छ।

2