Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

घिउ बेचेर पढाएका छोरीले बदले परिवारको भाग्य

घिउ बेचेर पढाएका छोरीले बदले परिवारको भाग्य
A A+ A-

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८, राम्चेको रच्चान टोलका एकै घरका चार दिदीबहिनी सरकारी सेवामा छन् ।

जीवनको लामो समय गाईभैँसीपालन र घिउ बेचेर जीविकोपार्जन गरेका ओमबहादुर पुर्जा र राममाया पुर्जाका छोरीले प्राप्त गरेको सफलताले खुसी मात्रै दिलाएको छैन, सफलताको एउटा उदाहरण नै बनेको छ । अभाव र संघर्षबीच सन्तानलाई शिक्षित बनाउने पुर्जा दम्पत्तीको सपना अहिले सफलताको शिखरमा पुगेको छ ।

पुर्जा दम्पतीका चार छोरीमध्ये कान्छी स्मृति जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडमा वरिष्ठ प्रबन्धकका रूपमा कार्यरत छिन् । व्यवस्थापन र कानुन विषयमा स्नातककोत्तर अध्ययन गरेकी स्मृतिले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी २०७६ सालदेखि सरकारी सेवामा प्रवेश गरेकी हुन् ।

जेठी कल्पना, माहिली चन्दा र साहिली निलमले २०७९ मा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर स्थायी शिक्षक बनेका हुन् । कल्पना र निलम प्रावि र चन्दा निमावि तहको शिक्षक हुन् । चन्दा २०७१ देखि अस्थायी शिक्षकको रूपमा कार्यरत थिइन् ।

कल्पनाको शिक्षण पेसामा प्रवेशको यात्रा केही फरक छ । उनले म्याग्दी, पर्वत र कास्कीका विभिन्न रेडियोमा १२ वर्ष सञ्चारकर्मीका रूपमा काम गरेकी थिइन् । म्याग्दीकाली एफएम, रेडियो म्याग्दी, पर्वतको रेडियो दिदीबहिनी र पोखराको रेडियो जननीमा आबद्ध भएर सञ्चार क्षेत्रमा अनुभव बटुलेकी उनले पछि शिक्षण पेसा रोजेकी हुन् ।

‘सञ्चार क्षेत्रमा काम गर्दा आफ्नो अध्ययनलाई पनि सँगसँगै अगाडि बढाएँ । आफूले पढेका र सिकेका कुराहरू अब बालबालिकालाई सिकाउने पेसामा छु’, कल्पनाले भनिन् ।

स्नातक तह उत्तीर्ण गरेका कल्पना र चन्दा हाल अन्नपूर्ण गाउँपालिका– ५ मा रहेको शिख नमुना आवासीय माविमा शिक्षकका रूपमा कार्यरत छन् । प्रावि तहको शिक्षक निलम राम्चेमा बाल्यकालमा आफैँले शिक्षा हासिल गरेको देउराली आधारभूत विद्यालयमा प्रअको जिम्मेवारीमा छिन् ।

कक्षा १२ सम्मको अध्ययन पूरा गरेका पुर्जा दम्पतीका एक मात्र छोरा मीनबहादुर जापानको रोजिटोरेसुयु कम्पनीमा प्रबन्धकको रूपमा कार्यरत छन् । पुर्जा दम्पत्तलाई चार छोरी सरकारी सेवामा र छोरा विदेशमा रहे पनि उनीहरूको सफलताभन्दा बढी अभिभावकलाई सन्तानले पाएको शिक्षाले दिएको सन्तुष्टि महत्त्वपूर्ण बनेको छ ।

‘धेरै सन्तान भएपछि हुर्काउन, बढाउन र पढाउन निकै संघर्ष गर्नुपर्‍यो । आम्दानीको निश्चित स्रोत थिएन । गोठमा गाईभैँसी पालेर घिउ र वस्तुभाउ बेच्दा प्राप्त हुने पैसाले छोराछोरीको पढाइ खर्च जुटाउँथ्यौँ,’ ओमबहादुरले भने, ‘अहिले सबै छोरी सरकारी जागिरे भएका छन् । हामीलाई ठूलो सन्तोष मिलेको छ ।’

विगतमा गोठ र पशुपालनमै व्यस्त रहने पुर्जा दम्पती अहिले घरमै खेतीपाती गरेर समय बिताउँछन् । छोराछोरीको शिक्षादीक्षा र भविष्यका लागि गरेको मेहनतले सार्थकता पाएपछि उनीहरूको दैनिकी सहज बनेको छ ।

ग्रामीण र दुर्गम बस्तीमा हुर्किएर उच्च शिक्षा हासिल गर्दै चारै दिदीबहिनी सरकारी सेवामा प्रवेश गर्नु स्थानीय समुदायका लागि पनि प्रेरणाको विषय बनेको अन्नपूर्ण गाउँपालिका– ८ मा रहेको हिमाञ्चल माविका प्रअ रमन पुनले बताए । उनका अनुसार मगर समुदायमा उच्च शिक्षा हासिल गरेपछि रोजगारीका लागि विकसित मुलुक जाने क्रम बढिरहेका बेला राम्चेका यी दिदीबहिनीले स्वदेशमै सरकारी सेवामा प्रवेश गरेर फरक उदाहरण प्रस्तुत गरेका छन् ।

चारै दिदीबहिनीले देउराली आधारभूतबाट प्रारम्भिक र हिमाञ्चल माविबाट माध्यमिक तहको शिक्षा हासिल गरेका हुन् । सीमित आम्दानी, ग्रामीण परिवेश र गोठको कठिन दैनिकीबीच सन्तानको शिक्षालाई प्राथमिकता दिएको पुर्जा दम्पतीको निर्णयले एउटा परिवारको भविष्य मात्र बदलेको छैन, राम्चेका नयाँ पुस्तालाई शिक्षामार्फत आफ्नै गाउँबाट अघि बढ्न सकिन्छ भन्ने सन्देश दिएको अन्नपूर्ण गाउँपालिका– ८ का वडा अध्यक्ष खमबहादुर गर्बुजाले बताए ।

2