Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी

चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी
A A+ A-

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनावको नतिजापछि अमेरिकी सेयर बजारमा एकै दिन तीन ट्रिलियन डलर बराबरको मूल्य घटेको दाबी गरेका छन्। उनले चुनावको नतिजाले अमेरिका इतिहासमै धेरै पछाडि धकेलिएको टिप्पणी गरेका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले आफू नेतृत्वको सरकारमा तीव्र गतिमा अघि बढेको सेयर बजारले अहिले ठुलो क्षति बेहोर्नुपरेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘तर चिन्ता नगर्नुहोस्, हामी पहिलेभन्दा ठुलो र बलियो भएर फर्किनेछौँ।’

शुक्रबार फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले डेमोक्र्याटहरूले चुनावमा राम्रो प्रदर्शन गरेपछि बजारमा करिब तीन ट्रिलियन डलर बराबरको गिरावट आएको बताएका हुन्। उनले यस गिरावटलाई इरानलाई आणविक हतियार राख्न नदिने अमेरिकी नीतिसँग जोडेका छन्। यद्यपि, बजार विश्लेषकहरूका अनुसार बजारमा आएको गिरावटको कारण चुनावी नतिजा मात्र नभई प्रविधि तथा एआई क्षेत्रमा लगानीसम्बन्धी चिन्ता पनि रहेको छ।

रिपब्लिकन पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा नियन्त्रण गुमाएपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो। चुनावमा पार्टीको पराजयबारे बोल्दै ट्रम्पले आफू मतपत्रमा नभएका कारण रिपब्लिकनले हार बेहोर्नुपरेको दाबी गरेका छन्। यसैबीच, उपराष्ट्रपति जेडी भान्सले पनि चुनावमा पार्टीको कमजोर प्रदर्शनका पछाडि इरानसँगको तनाव, महँगी र बढ्दो जीवनयापन खर्चलाई प्रमुख कारण मानेका छन्।

चुनावपछि पनि अमेरिकी सेनाले शुक्रबार होर्मुज जलमार्ग नजिकै रहेको इरानको केश्म टापुमा हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी सीमित आक्रमण गरेको थियो। राष्ट्रपति ट्रम्पले उक्त सैन्य कारबाहीलाई सीमित कारबाहीको संज्ञा दिएका छन्। डेमोक्र्याटहरूले दुवै सदनको नियन्त्रण लिए पनि ट्रम्प सन् २०२९ सम्म राष्ट्रपति पदमा रहनेछन्।

2