Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

दीपावलीमा केराका थाम बिक्रीबाट किसानलाई अतिरिक्त आम्दानी

दीपावलीमा केराका थाम बिक्रीबाट किसानलाई अतिरिक्त आम्दानी
A A+ A-

काठमाडौं: मिथिला क्षेत्रका किसानका लागि दीपावली पर्व अतिरिक्त आम्दानीको स्रोत बनेको छ। लक्ष्मीपूजाका दिन घर तथा व्यापारिक प्रतिष्ठानको प्रवेशद्वारमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण यसको माग बढेपछि किसानले राम्रो आम्दानी गरेका हुन्।

धनुषा र महोत्तरीका किसानले केराको घारीबाट अतिरिक्त बोट हटाएर बिक्री गर्दै आएका छन्। सामान्यतया केराको एउटा झ्याङमा तीनभन्दा बढी बोट राख्दा उत्पादन राम्रो नहुने भएकाले अनावश्यक बोट फाल्नुपर्ने हुन्छ।

यसअघि व्यवस्थापन गर्न खर्च लाग्ने ती बोट अहिले दीपावलीमा बिक्री हुँदा किसानलाई आर्थिक लाभ भएको छ। जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीका अनुसार जनकपुरधाममा मात्रै शनिबार र आइतबार करिब आठदेखि नौ हजार केराका थाम बिक्री भएका छन्।

व्यापारीहरू केराघारीमै पुगेर थाम खरिद गर्ने गरेकाले किसानलाई बजारसम्म पुर्‍याउने झन्झट पनि हटेको छ। प्रतिथाम दुई सय ५० देखि तीन सय रुपैयाँसम्म बिक्री हुने गरेको किसान बताउँछन्।

क्षीरेश्वरनाथ नगरपालिकाका किसान सुशील सिंहका अनुसार दीपावलीमा केराका थामको माग उच्च हुने गर्दछ। बर्दिबासका किसान ब्रह्मदेव महतोले यस वर्ष एकै दिनमा १५ हजार रुपैयाँभन्दा बढीका थाम बिक्री गरेको जानकारी दिए। त्यसैगरी भङ्गाहाका किसान सत्यनारायण यादवले ३५ हजार रुपैयाँ बराबरको थाम बिक्री गरेका छन्।

मिथिला क्षेत्रका जनकपुरधाम, महेन्द्रनगर, ढल्केवर, बर्दिबास, जलेश्वर र गौशाला लगायतका बजारमा केराका थामको कारोबार भएको छ। दीपावली सकिएपछि आउने छठ पर्वमा केराको घरी र कोथाको माग बढ्ने भएकाले किसानहरू थप आम्दानीको अपेक्षामा छन्। धार्मिक परम्परासँग जोडिएको केराको प्रयोगले स्थानीय किसानको आयआर्जनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

2