Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

रोग र विषादीका कारण झापामा मौरीपालन व्यवसाय सङ्कटमा

रोग र विषादीका कारण झापामा मौरीपालन व्यवसाय सङ्कटमा
फाईल फोटो
A A+ A-

झापा: रोगको सङ्क्रमण र जथाभाबी विषादीको प्रयोगले झापाका मौरीपालक किसानहरू समस्यामा परेका छन्। शिवसताक्षी नगरपालिका-११ की देवीकुमारी दाहालले पालेका दुई सय घार मौरीमध्ये अहिले ५० घारमा मात्र मौरी बाँकी छन्।

अठार वर्षअघि दुई घारबाट व्यवसाय सुरु गरेकी दाहालको समूहसँग कुनै समय नौ सय घार मौरी थिए र वार्षिक १० हजार केजी मह उत्पादन हुन्थ्यो। राष्ट्रपति पुरस्कारसमेत पाएकी दाहालले रोगका कारण ठुलो लगानी डुबेको र व्यवसायलाई निरन्तरता दिन कठिन भएको बताइन्। उनले भनिन्, रोग सङ्क्रमणले ठुलो क्षति भयो। ठुलो लगानी डुब्दा व्यवसायलाई निरन्तरता दिन कठिन भइसक्यो। किसानलाई प्रोत्साहन गर्ने र बजार सुनिश्चित गर्ने वातावरण नै छैन।

त्यस्तै कनकाई मौरीपालन उद्योगका सञ्चालक भुवन अधिकारीले १०० घारबाट वार्षिक २० लाख रुपैयाँ आम्दानी गर्दै आए पनि अहिले लगानीअनुसारको प्रतिफल पाउन नसकेको गुनासो गरे। चरनमा गएका मौरी विषादीका कारण मर्ने र सरकारी निकायबाट प्रोत्साहन नपाउँदा किसान निरुत्साहित भएका छन्। शिवसताक्षी नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईका अनुसार नगरपालिकामा अझै दुई हजारभन्दा बढी घारबाट मह उत्पादन भइरहेको छ।

तर रोग, विषादी र बजारको समस्याले आकर्षण घट्दै गएको छ। किसान नन्दकुमार दङ्गालले खेतबारीमा जथाभाबी विषादीको प्रयोगले व्यवसायमा सङ्कट निम्त्याएको बताए। शिवसताक्षी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अग्निप्रसाद दुलालले महको बजारीकरण, ब्रान्डिङ र प्याकेजिङमा सहयोग पुर्याउन सके व्यवसायलाई व्यवस्थित गर्न सकिने धारणा राखेका छन्।

2