Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

टाइमको जलवायु प्रभावशाली सूचीमा स्वर्णिम वाग्ले

टाइमको जलवायु प्रभावशाली सूचीमा स्वर्णिम वाग्ले
A A+ A-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका ‘टाइम’ को सन् २०२६ को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन्। पार्टीले यसलाई वाग्लेको व्यक्तिगत उपलब्धिसँगै नेपालको जलवायु कूटनीतिका लागि महत्त्वपूर्ण अवसर भनेको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले कात्तिक २४ गते विज्ञप्ति जारी गर्दै वाग्लेलाई बधाई तथा सफलताको शुभकामना दिएका छन्। पार्टीका अनुसार विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा सक्रिय वाग्लेले रसुवा–भोटेकोशी बाढीपछि जलवायु न्यायका पक्षमा अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाएका थिए।

वाग्लेको नेतृत्वमा विपद्पछिको आवश्यकताको द्रुत आकलन गरिएको र जलवायु संकटमा नगण्य योगदान भएका नेपालजस्ता देशले भोग्नुपरेको क्षतिबारे तथ्यमा आधारित पैरवी भएको रास्वपाको दाबी छ। जलवायुसम्बन्धी नोक्सानी तथा क्षति कोषबाट सहायता पाउने पहिलो देश नेपाल बन्ने पहलमा पनि वाग्लेको भूमिका रहेको पार्टीले जनाएको छ।

विपद्पछि प्रभावित नागरिकका लागि अर्बौँ रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न उनको योगदान रहेको विज्ञप्तिमा उल्लेख छ। जलवायु वित्त, स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीमा सुधारका लागि उनले गरेको पहललाई विश्व समुदायले मान्यता दिएको रास्वपाको भनाइ छ।

पार्टीले वाग्लेको छनोटलाई नेपालजस्ता जलवायु संकटबाट बढी प्रभावित देशको सरोकारप्रति विश्वको ध्यानाकर्षणका रूपमा व्याख्या गरेको छ। जलवायु परिवर्तनको असर भोगिरहेका समुदायका लागि पर्याप्त वित्त, अनुकूलन सहयोग र न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन हुनुपर्नेमा पनि रास्वपाले जोड दिएको छ।

2