Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

पर्साबाट साढे तीन लाखका पटाका बरामद

पर्साबाट साढे तीन लाखका पटाका बरामद
पटका बरामद बागलुङ २३ कात्तिक जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ बजारबाट बरामद गरेको पटका । प्रहरीले दुई हजार ३०० थान पटका बरामद गरी नष्ट गरेको छ । तस्बिर ः खेमराज गौतम÷रासस
A A+ A-

प्रहरीले पर्सा जिल्लामा चार दिनमा करिब तीन लाख ५० हजारबराबरका पटाका, आतिशबाजी तथा विस्फोटकजन्य पदार्थ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले २१ कात्तिकदेखि हालसम्म विभिन्न स्थानबाट खुर्सानी पटाका, चक्र, फुलझरी, रकेट पटाका, आलु बम, झिरझिरेलगायतका पटाका तथा आतिशबाजीजन्य पदार्थ बरामद गरेको हो ।

साथै, पटाका तथा आतिशबाजीजन्य पदार्थ विस्फोटक पदार्थअन्तर्गत पर्ने र कानुनद्वारा उक्त पदार्थको उत्पादन, भण्डारण, बिक्रीवितरण, ओसारपसार र प्रयोगमा बन्देज गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

उनले भने, ‘पटाका तथा आतिशबाजीजन्य पदार्थ विस्फोटक पदार्थको प्रयोगले जनधनको क्षति, आगलागी र वातावरण प्रदूषणजस्ता समस्या सिर्जना गर्ने भएकाले पटाका तथा आतिशबाजीजन्य पदार्थको उत्पादन, भण्डारण, बिक्रीवितरण, ओसारपसार र प्रयोग नगर्न अनुरोध गरिन्छ ।’

प्रहरीले बालबालिकालाई विस्फोटक पदार्थको गतिविधिमा संलग्न नगराई सम्भावित जोखिमबाट बचेर सुरक्षित र हर्षोल्लासका साथ चाडपर्व मनाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।

सोमबार मात्रै पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाका पड्काउने क्रममा छर्रा लागेर पाँच वर्षीय बालक कुन्दन सहनीको मृत्यु भएको थियाे ।

2