Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

जलविद्युत आयोजनाको सहयोगमा सडक मर्मत सुरु

जलविद्युत आयोजनाको सहयोगमा सडक मर्मत सुरु
A A+ A-

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त बेनी–दरवाङ सडक मर्मत सुरु गरिएको छ।

पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत् आयोजनाको साझेदारीमा सडक मर्मत थालिएको हो।

गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछिको बाढीले बालौटेमा सडक कटान गरेपछि मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने उक्त सडक अवरुद्ध भएको थियो। सडक कटानसँगै दुखुबेँसीको फेदीमा करिब १०० मिटर सडक भत्किएको छ भने नजिकैको बस्तीसमेत जोखिममा परेको छ।

म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले सडक मर्मतका लागि जलविद्युत् आयोजनाले डोजर र टिप्पर परिचालन गरेको जानकारी दिए।

“मालिका गाउँपालिकाले उपलब्ध गराएको ढुङ्गा प्रयोग गरी पूर्वाधार विकास कार्यालयले ग्याबियन जाली भरेर तत्कालका लागि अस्थायी रूपमा सडक सञ्चालन गर्ने प्रयास गरिरहेको छ”, उनले भने, “सडकको स्थायी मर्मत र दुखुबेँसी बस्ती संरक्षणका लागि गण्डकी प्रदेश सरकारले थप बजेट उपलब्ध गराउने प्रतिबद्धता भौतिक पूर्वाधारमन्त्री नन्दप्रसाद न्यौपानेले गत साता बालौटे पहिरोको निरीक्षणका क्रममा जनाएका छन्।”

सडक मर्मतका लागि प्रदेश सरकारले हाल रु २५ लाख उपलब्ध गराएको र दीर्घकालीन समस्या समाधानका लागि रु दुई करोडभन्दा बढी बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्रदेशसभा सदस्य जुग्जालीले बताए।

म्याग्दीखोला, अपर म्याग्दी, अपर म्याग्दी–१, दरवाङ म्याग्दीखोला र मुदीखोला जलविद्युत् आयोजनाले उपकरण परिचालन गरी सडक मर्मतमा सहयोग गरेका छन्।

अर्मनखोलाको बाढीले म्याग्दी नदीको धार परिवर्तन गरेपछि बालौटेमा कटान भई सडक भत्किएको हो। सडक क्षतिग्रस्त भएपछि बेनी–दरवाङ सडकमा यातायात सेवा प्रभावित भएको छ। तत्कालका लागि दुखुखोलामा ह्युमपाइप राखेर दुखुबेँसी हुँदै तोलाबाङ जोड्ने वैकल्पिक सडक सञ्चालन गरिएको मालिका गाउँ कार्यपालिकाका प्रवक्ता अनुप गौचनले बताए। उनका अनुसार सडकको दिगो समाधानका लागि मर्मतसँगै बस्ती संरक्षण आवश्यक छ।

साँघुरो, कच्ची र उपयुक्त ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधनलाई एकआपसमा आवतजावत गर्न पर्याप्त ठाउँ छैन। बागलुङको तमानखोलाका बासिन्दाले समेत प्रयोग गर्ने उक्त सडकमा म्याग्दीखोला बेसिनमा निर्माणाधीन छवटा जलविद्युत् आयोजनाका निर्माण सामग्री र उपकरण ढुवानी गर्ने सवारीसाधनको चापसमेत छ।

2