Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

एनभिडिया प्रकरणले चीनप्रति कडा अमेरिकी नीतिको बहस चर्कियो

एनभिडिया प्रकरणले चीनप्रति कडा अमेरिकी नीतिको बहस चर्कियो
A A+ A-

काठमाडौं: एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङसँग चीनको लागि जासुसी गरेको आशङ्का गरिएकी एक महिलाको सम्बन्ध रहेको खुलासा भएपछि अमेरिकामा चीनप्रति थप कडा नीति अपनाउनुपर्ने बहस सुरु भएको छ। यस घटनाले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनमा उन्नत प्रविधि निर्यात गर्न दिएको अनुमतिमाथि गम्भीर प्रश्न उठाएको छ।

हुआङले सिङ्गापुरस्थित मेगास्पिडकी पूर्वकार्यकारी एलिस हुआङसँग आफ्नो सम्बन्ध रहेको स्वीकार गरेका छन्। अमेरिकी गुप्तचर अधिकारीहरूले एलिस चिनियाँ गुप्तचर निकायका लागि काम गरिरहेको आशङ्का गरेका छन्। यद्यपि, राष्ट्रपति ट्रम्पले हुआङलाई एक सम्मानित व्यक्ति बताउँदै उनलाई ती महिला जासुस भएको जानकारी नभएको उल्लेख गरेका छन्।

गत वर्ष ट्रम्पले एनभिडियाको एच-२०० चिप चीनमा बिक्री गर्न अनुमति दिएका थिए, जसको लागि हुआङले लामो समयदेखि पैरवी गर्दै आएका थिए। अहिलेको विवादलाई आधार बनाउँदै अमेरिकी सांसदहरूले निर्यात नियन्त्रण थप कडा बनाउनुपर्ने माग गरेका छन्। रिपब्लिकन सांसदहरूले नोभेम्बर १८ मा हुआङसँग बन्द कोठामा छलफल गर्ने तयारी गरेका छन्।

विश्लेषकहरूका अनुसार यस घटनाले चीनमा उन्नत चिप निर्यातको अनुमति समीक्षा गर्ने र सो कार्य रोक्न काङ्ग्रेसलाई अधिकार दिने द्विदलीय विधेयक अघि बढ्न सक्ने सम्भावना छ। यद्यपि, यस्तो कदमले राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको व्यापार युद्धविराममा असर पर्न सक्ने वा चीनले आपूर्ति शृङ्खलामा प्रतिकारात्मक कदम चाल्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

हाल एफबीआईले जासुसीको आरोपबारे अनुसन्धान गरिरहेको छ भने न्याय मन्त्रालयले एनभिडियाका चिप चीनमा तस्करी भएको थियो वा थिएन भन्ने विषयमा छानबिन अघि बढाएको छ। मेगास्पिडले तस्करीको आरोप अस्वीकार गरेको छ भने चीनले जासुसीको दाबीलाई खारेज गरेको छ। यदि हुआङमाथि गलत काम गरेको पुष्टि भएमा वा उनी कम्पनीबाट बाहिरिनुपरेमा अमेरिकी एआई उद्योगमा नकारात्मक असर पर्न सक्ने विश्लेषकहरूको आकलन छ।

2