Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

आज कुन तरकारीको मूल्य कति?

आज कुन तरकारीको मूल्य कति?
A A+ A-

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

समितिले दैनिक रूपमा निर्धारण गर्ने यो मूल्य सूचीअनुसार विभिन्न तरकारी तथा फलफूलको न्यूनतम र अधिकतम दर तोकिएको छ।

मूल्य विवरणअनुसार नेपाली ठुलो गोलभेँडाको औसत थोक मूल्य प्रतिकेजी ६५ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, रातो आलुको औसत मूल्य ५७.५० रुपैयाँ र भारतीय सुकेको प्याजको औसत मूल्य ८९.५० रुपैयाँ तोकिएको छ। हरियो तरकारीतर्फ रायो सागको औसत मूल्य ८० रुपैयाँ, काउली स्थानीयको ३२.८६ रुपैयाँ र बोडी तनेको ८३.३३ रुपैयाँ रहेको छ।

फलफूलमा नेपाली केराको औसत मूल्य प्रतिदर्जन १२५ रुपैयाँ र सुन्तलाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ निर्धारण गरिएको छ। यसैगरी, च्याउको मूल्यमा विविधता देखिएको छ, जसमा कन्य च्याउको औसत मूल्य २२० रुपैयाँ र सिताके च्याउको ९०० रुपैयाँ पुगेको छ। पार्सलेको थोक मूल्य भने प्रतिकेजी २,६०० रुपैयाँसम्म तोकिएको छ।

समितिले तोकेको यो मूल्य कालीमाटी बजारमा हुने थोक कारोबारका लागि हो। बजारमा उपलब्ध हुने अन्य स्थानीय तरकारी र फलफूलको मूल्य पनि समितिले गुणस्तर र उपलब्धताका आधारमा निर्धारण गर्दै आएको छ।

2