Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

आन्टी एन्स नेपाल भित्रिँदै

आन्टी एन्स नेपाल भित्रिँदै
A A+ A-

काठमाडौं । अमेरिकी सफ्ट प्रेट्जेल ब्रान्ड आन्टी एन्स नेपालमा प्रवेश गर्ने भएको छ। जे.जी.आई. डिस्ट्रिब्युसन प्राइभेट लिमिटेड र गो टु फुड्सको साझेदारीमा नेपाल आउन लागेको ब्रान्डले आगामी २१ नोभेम्बर २०२६ मा बौद्धस्थित भाटभटेनी सुपरमार्केटबाट पहिलो आउटलेट सञ्चालनमा ल्याउने भएको हो।

कम्पनीका अनुसार भाटभटेनीको चौथो तलास्थित फुड पार्कमा आन्टी एन्सको पहिलो आउटलेट रहनेछ। बौद्धबाट सेवा सुरु गरेपछि निकट भविष्यमा नेपालका अन्य स्थानमा पनि आउटलेट विस्तार गर्ने योजना छ।

सन् १९८८ मा अमेरिकामा स्थापना भएको आन्टी एन्स हातैले आकार दिएर ताजा बेक गरिने नरम प्रेट्जेलका लागि विश्वभर परिचित छ। यसको नेपाल प्रवेशसँगै जे.जी.आई. डिस्ट्रिब्युसन र गो टु फुड्सको साझेदारीमा नेपाली बजारमा उपलब्ध अन्तर्राष्ट्रिय खाद्य ब्रान्डको संख्या थपिनेछ। यसअघि यही साझेदारीमा सिनाबोन र कार्भेल नेपाली बजारमा भित्रिएका थिए।

जे.जी.आई. डिस्ट्रिब्युसनका प्रबन्ध निर्देशक राज बहादुर शाहले आन्टी एन्सको आगमनलाई अन्तर्राष्ट्रिय ब्रान्ड नेपाली उपभोक्तासम्म पुर्‍याउने योजनाको अर्को कदमका रूपमा व्याख्या गरेका छन्। उत्पादनको गुणस्तरसँगै ग्राहकले प्राप्त गर्ने अनुभवलाई पनि प्राथमिकता दिइने उनको भनाइ छ।

गो टु फुड्स इन्टरनेसनलका एसिया–प्रशान्त क्षेत्रका वरिष्ठ उपाध्यक्ष स्टिभन याङले नेपाल प्रवेशलाई कम्पनीको अन्तर्राष्ट्रिय विस्तार रणनीतिको महत्त्वपूर्ण उपलब्धि बताएका छन्। सिनाबोन र कार्भेलपछि जे.जी.आई.सँगको साझेदारीमा आन्टी एन्स पनि नेपाली बजारमा विस्तार हुन लागेको उनले उल्लेख गरेका छन्।

प्रेट्जेलदेखि लेमोनेड र कफीसम्म

बौद्धस्थित आउटलेटमा विभिन्न स्वादका प्रेट्जेल उपलब्ध हुनेछन्। कम्पनीले ओरिजिनल, जालापेन्यो, सिनामन सुगर, आल्मन्ड र पेपरोनी स्वादका प्रेट्जेल बिक्री गर्ने जनाएको छ। यसका अतिरिक्त ओरिजिनल र चिज स्वादका प्रेट्जेल डग्स तथा मिनी प्रेट्जेल डग्स पनि मेनुमा रहनेछन्।

ग्राहकले ओरिजिनल, सिनामन सुगर र आल्मन्ड क्रिम चिज स्वादका प्रेट्जेल स्टिक्ससमेत रोज्न सक्नेछन्। यी परिकारसँग खान क्रिम चिज, मस्टर्ड, क्यारामेल र चकलेटलगायतका डिप्स उपलब्ध हुनेछन्।

पेय पदार्थतर्फ ओरिजिनल लेमोनेडसँगै पिच, म्याङ्गो र स्ट्रबेरी स्वादका लेमोनेड मिक्सर्स तथा तातो र चिसो कफीका विकल्प रहनेछन्। आउटलेट बिहान १० बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

अन्तर्राष्ट्रिय खाद्य ब्रान्डमा जे.जी.आई.को विस्तार

जे.जी.आई. डिस्ट्रिब्युसन जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको कम्पनी हो। समूहले अन्तर्राष्ट्रिय साझेदारीमार्फत सिनाबोन, कार्भेल र आन्टी एन्सजस्ता ब्रान्ड नेपाली बजारमा ल्याउँदै खाद्य तथा पेय पदार्थ व्यवसायमा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ।

अमेरिकाको एटलान्टामा मुख्यालय रहेको गो टु फुड्स यसअघि फोकस ब्रान्ड्सका नामले परिचित थियो। कम्पनीले उपलब्ध गराएको सन् २०२५ सेप्टेम्बर २८ सम्मको तथ्यांकअनुसार यसका सम्बद्ध ब्रान्डअन्तर्गत अमेरिकाका सबै ५० राज्यसहित विश्वका ७० देश तथा भूभागमा ७ हजार १०० भन्दा बढी रेस्टुरेन्ट, क्याफे, आइसक्रिम पसल र बेकरी सञ्चालनमा छन्।

नेपालमा बौद्धबाट व्यवसाय सुरु गर्न लागेको आन्टी एन्सले आगामी दिनमा थप आउटलेट विस्तार गर्ने लक्ष्य राखेको छ। यससँगै नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय स्वादका प्रेट्जेल, पेय पदार्थ र अन्य परिकारको विकल्प पाउनेछन्।

2