Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
A A+ A-

रसुवा। रसुवाको गोसाइँकुण्ड क्षेत्रमा अवस्थित भैरवकुण्ड अन्य कुण्डभन्दा फरक धार्मिक मान्यता, किंवदन्ती र जनविश्वासका कारण विशिष्ट पहिचान बोकेको तीर्थस्थल हो।

गोसाइँकुण्ड क्षेत्रमा रहेका दर्जनौँ साना–ठूला तालतलैयामध्ये भैरवकुण्डलाई भय र निषेधसँग जोडिएको कुण्डका रूपमा लिने गरिन्छ।

समुद्री सतहबाट उच्च हिमाली क्षेत्रमा रहेको मुख्य गोसाइँकुण्ड (छोकर) भन्दा तल र सरस्वतीकुण्ड (वाङ्लत्ती) भन्दा माथि भैरवकुण्ड अवस्थित छ। स्थानीय तामाङ समुदायले यसलाई ‘छोना’ अर्थात् कालोकुण्डका रूपमा चिन्ने गरेका छन्।

गोसाइँकुण्डलाई शुद्धता, जीवन र आशीर्वादको प्रतीक मानिन्छ भने भैरवकुण्डलाई भय र निषेधको प्रतीकका रूपमा बुझिन्छ। यही धार्मिक मान्यताका कारण गोसाइँकुण्ड दर्शन गर्न पुग्ने तीर्थयात्री भैरवकुण्डमा स्नान गर्दैनन्। गोसाइँकुण्डको परिक्रमा गरी फर्किँदा भैरवकुण्डतर्फ फर्केर हेर्नसमेत नहुने जनविश्वास छ।

गोसाइँकुण्ड गाउँपालिका–५ की कार्यवाहक वडाध्यक्ष डोल्मा याङजेन तामाङका अनुसार गोसाइँकुण्डमा श्रद्धापूर्वक स्नान गर्ने तीर्थयात्री भैरवकुण्डमा भने नहेरी र नस्नाई अगाडि बढ्ने परम्परा छ। उक्त परम्परालाई निरन्तरता दिँदै आगन्तुकलाई जानकारी दिन सुरक्षित पदमार्ग निर्माण र सूचना पाटी राख्ने योजना वडा कार्यालयले बनाएको उनले बताइन्।

भैरवकुण्डको उत्पत्तिसँग हिन्दु र बौद्ध धर्मका विभिन्न पौराणिक कथा तथा जनश्रुति जोडिएका छन्। हिन्दु धार्मिक मान्यताअनुसार सत्ययुगमा भगवान् शिवले ब्रह्माको शिर छेदन गरेपछि लागेको दोष निवारण गर्न तथा शारीरिक कष्ट शान्त पार्न गोसाइँकुण्डभन्दा तल यो कुण्ड निर्माण गरी तपस्या गरेका थिए।

अर्को कथनअनुसार देवता र दानवले समुद्र मन्थन गर्दा निस्किएको विष सृष्टिको रक्षाका लागि महादेवले पिएका थिए। घाँटीमा अड्किएको विषको डाह सहन नसकी महादेवको शरीरबाट बगेको पसिना जमेर भैरवकुण्ड बनेको विश्वास गरिन्छ। विषयुक्त पसिनाबाट कुण्ड बनेको मान्यताका कारण यहाँ विषालु नागको बास रहेको र यसको पानी अशुद्ध हुने जनविश्वास छ।

बौद्ध धर्मसँग सम्बन्धित जनश्रुतिअनुसार भने महादेवका दाजु ‘छोना’ ले भैरवकुण्ड निर्माण गरेका हुन्। रसुवाका लेखक फुर्पा तामाङद्वारा लिखित ‘जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म–संस्कृति’ पुस्तकमा उल्लेख भएअनुसार स्वच्छ बासस्थानको खोजीमा निस्किएका दाजुभाइमध्ये दाजु छोनाले उपयुक्त स्थान भेटेपछि भाइलाई बिर्सिए। दाजुको व्यवहारबाट क्रोधित महादेवले ‘मन कालो भएकाले तिमीले बनाएको कुण्ड पनि कालो होस्’ भनी श्राप दिएको कथन छ।

त्यही श्रापका कारण छोनाले बनाएको कुण्ड कालोकुण्ड अर्थात् भैरवकुण्ड र महादेवले बनाएको कुण्ड सेतोकुण्ड अर्थात् गोसाइँकुण्ड कहलिएको जनविश्वास रहेको पुस्तकमा उल्लेख छ।

धुन्चेका स्थानीय तथा लामा गुरु रिन्जेन घलेका अनुसार बौद्ध र तामाङ परम्परामा गोसाइँकुण्डलाई ‘छोकर’ अर्थात् शुद्ध सेतो कुण्ड र भैरवकुण्डलाई ‘छोना’ अर्थात् कालोकुण्डका रूपमा बुझिन्छ। भैरवकुण्डमा क्रोध र विसर्जनको ऊर्जा रहने धार्मिक विश्वासका कारण त्यहाँ स्नान गर्न र फर्केर हेर्नसमेत निषेध गरिएको उनी बताउँछन्। यस्तो मान्यताले प्रकृति र धार्मिक आस्थाप्रतिको अनुशासनलाई पनि झल्काउने उनको भनाइ छ।

भैरवकुण्डसँग तामाङ समुदायको गोले थरका मानिसको विशिष्ट कुलपरम्परा पनि जोडिएको छ। पुर्ख्यौली कथनअनुसार प्राचीनकालमा गोले थरका एक झाँक्री श्रीमतीसहित गोसाइँकुण्ड क्षेत्रमा पुगेका थिए। भैरवकुण्डमा रहेको विषालु नागलाई वशमा पार्ने उद्देश्यले उनले आफू कुण्डभित्र रहँदासम्म श्रीमतीलाई निरन्तर ढ्याङ्ग्रो बजाउन र अक्षता छरिरहन आग्रह गरे। त्यसपछि उनी नागसँग सङ्घर्ष गर्न कुण्डभित्र पसे।

लामो सङ्घर्षपछि नागलाई पराजित गरेर झाँक्री सतहमा आउन लाग्दा कुण्डको भयावह अवस्था देखेर उनकी श्रीमती आत्तिइन्। उनले ढ्याङ्ग्रो बजाउन र अक्षता छर्न छाडेर त्यहाँबाट भागेपछि झाँक्रीको शक्ति कमजोर भएको र नागले बेरेर उनको ज्यान लिएको किंवदन्ती छ। यही घटनाका कारण गोले थरका मानिसले आजसम्म भैरवकुण्ड र कतिपय अवस्थामा गोसाइँकुण्डसमेत नजाने परम्परा कायम राखेको जनविश्वास छ।

नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङका अनुसार गोले थरका मानिसले पुर्ख्यौली कुलपरम्परा मान्दै भैरवकुण्ड नजाने चलन अझै कायम राखेका छन्। यस्ता मौखिक इतिहास, धार्मिक विश्वास र अमूर्त सांस्कृतिक सम्पदाको दस्तावेजीकरण तथा संरक्षण गर्न सके रसुवाको धार्मिक र अध्ययन पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने उनको भनाइ छ।

2