काठमाडौँ। तिहारपछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा १२ हजार ६ सय रुपैयाँले घटेर दुई लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन २३ गते सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा एक सय ५५ रुपैयाँले घटेर तीन हजार ७ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन २३ गते सोमबार चाँदीको मूल्य प्रतितोला तीन हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
