Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

किसानलाई धान भित्र्याउने चटारो

किसानलाई धान भित्र्याउने चटारो
ओखलढुङ्गामा धान काट्ने चटारो तिहार सकिएलगत्तै ओखलढुङ्गाकाे मोलुङ गाउँपालिका, रामपुरटारका किसानहरूलाई धानबाली काट्दै । अहिले खेतमा धान काट्ने, बिटा लगाउने, दाइँ गर्ने तथा परालको कुन्यू बनाएर घरतर्फ ओसार्ने काममा किसानहरू यतिबेला जुटिरहेका छन् । तस्बिरः नवराज कार्की/राससdefault
A A+ A-

ओखलढुङ्गा। तिहार सकिए लगत्तै ओखलढुङ्गाका किसानलाई धान भित्र्याउने चटारो बढेको छ । जिल्लाका मुख्य धान उत्पादन हुने क्षेत्रका किसान यतिबेला धान भित्र्याउन व्यस्त भएका छन् ।

यहाँका किसानलाई खेतमा पहेँलपुर भएर पाकेको धान काट्न, बिटा लगाउन, पराल कुन्यू लगाउन र धान घरमा भित्र्याउने चटारो बढेको हो ।

जिल्लाको पिप्लेटारी, चार्खु, मूलघाट, शेर्ना, हर्कपुर, रामपुर, जरायोटार, शिल्खुबेँसी, शेराबेँसी, बाह्रबिसेलगायतका ठाउँमा बढी मात्रामा धान खेती हुँदै आएको छ ।

तिहार सकिएलगत्तै मौसमलाई ध्यान दिँदै धान भित्र्याउने काममा व्यस्तता बढेको मोलुङ गाउँपालिका–४ जरायोटारका किसान भक्त खत्रीले बताए।

जिल्लामा यस वर्ष कम पानी परेपछि ढिलो रोपाइँ भएको थियो । कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका अनुसार जिल्लामा तीन हजार ८ सय ३ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको थियो । रासस

2