काठमाडौं। साहस ऊर्जाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५९ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.०६ प्रतिशतले बढी हो ।
कम्पनीको वित्तीय विवरणअनुसार गत वर्ष पहिलो त्रैमासमा ४९ करोड ४८ लाख रुपैयाँ खुद नाफा थियो । समीक्षा अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ३.१६ प्रतिशतले बढेर ९५ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, ब्याज खर्च घटेर ११ करोड ६५ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यस्तो खर्च १६ करोड ७९ लाख रुपैयाँ थियो । कम्पनीको सञ्चालन मुनाफा पनि बढेर ७३ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको जगेडा कोषमा ४ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने दीर्घकालीन कर्जा ८ अर्ब ५९ करोड रुपैयाँमा झरेको छ ।
यसैबीच, कम्पनीले बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि बढाएको छ । ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको डिजाइन कार्यसमेत अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।
