Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

पर्यटक पर्खिरहेको डिल्पु कुण्ड
A A+ A-

रसुवा। हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधतामा धनी रहेको छ।

यहाँको गोसाईंकुण्ड र पार्वतीकुण्डजस्ता गन्तव्य स्वदेश तथा विदेशमा परिचित रहे पनि कतिपय आकर्षक स्थल अझै प्रचारप्रसारको पर्खाइमा छन्। यस्तै ओझेलमा परेको रसुवाको नयाँ पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको स्थान हो, डिल्पु कुण्ड।

समुद्री सतहबाट करिब चार हजार ५५० मिटरको उचाइमा अवस्थित यो कुण्ड जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत साञ्जेन हिमालको काखमा अवस्थित छ। स्थानीयस्तरमा यसलाई पाल्दोर कुण्डका नामले चिनिन्छ।

हिमालबाट निरन्तर भरिने यस कुण्डको पानी स्वच्छ, पारदर्शी र अत्यन्त चिसो छ। कुण्डको वरिपरि फैलिएका अल्पाइन घाँसेमैदान, चट्टानी भूभाग र हिमाली वनस्पतिले यहाँको प्राकृतिक छटालाई थप मनमोहक बनाएको छ। विशेषगरी गर्मी समयमा फुल्ने दुर्लभ हिमाली फूलले प्रकृतिप्रेमीलाई आकर्षित गर्दछ। मौसम सफा भएको समयमा कुण्ड परिसरबाट वरिपरिका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ।

प्राकृतिक सुन्दरताका साथै डिल्पु कुण्डको धार्मिक र सांस्कृतिक महत्त्व रहेको छ। स्थानीय तामाङ समुदायले यस कुण्डलाई पवित्र तीर्थस्थलका रूपमा सम्मान गर्ने परम्परा छ। लिखित ऐतिहासिक अभिलेख नभए पनि पुस्तान्तरण हुँदै आएका मौखिक जनश्रुतिले यस स्थानलाई आस्थाको केन्द्रका रूपमा स्थापित गरेको छ। विशेष पर्व तथा अवसरमा स्थानीय बासिन्दा यहाँ पुगेर पूजाआजा र धार्मिक अनुष्ठान गर्ने गर्दछन्।

डिल्पु कुण्ड पुग्न काठमाडौँबाट सडक मार्ग हुँदै रसुवाको सदरमुकाम धुन्चे र त्यहाँबाट चिलिमेसम्म पुग्न सकिन्छ। चिलिमेबाट स्थानीय पदमार्ग पछ्याउँदै साञ्जेन क्षेत्र र त्यहाँबाट पैदल यात्रा गरी कुण्डसम्म पुग्न सकिन्छ। हिमाली क्षेत्र भएकाले मौसम र बाटोको अवस्था बुझेर स्थानीय पथप्रदर्शकको सहयोगमा यात्रा गर्नु उपयुक्त मानिन्छ।

सो क्षेत्रको भ्रमणका लागि वैशाख, जेठ र असोज–कात्तिक महिना सबैभन्दा अनुकूल मानिन्छ। यो समयमा आकाश खुल्ने भएकाले हिमाल र कुण्डको स्पष्ट दृश्य देख्न सकिन्छ। हिउँदमा अत्यधिक चिसो र हिमपात हुने भएकाले यात्रा कठिन हुन सक्छ। अपार पर्यटकीय सम्भावना बोकेको भए पनि डिल्पु कुण्डमा आवश्यक पूर्वाधारको अभाव छ।

पदमार्गमा स्पष्ट सङ्केत बोर्ड नहुनु, खानेपानी तथा बासस्थानको उचित प्रबन्ध नहुनु र फोहर व्यवस्थापनमा ध्यान नपुग्नु यहाँका मुख्य चुनौतीका रूपमा रहेको छ।

रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले डिल्पु कुण्डजस्ता ओझेलमा परेका गन्तव्यको प्रवर्द्धन गर्न सके जिल्लाको पर्यटनमा नयाँ आयाम थपिने बताए।

उनका अनुसार डिल्पु कुण्डलाई नजिकैको पार्वतीकुण्ड र साञ्जेनका अन्य प्राकृतिक तथा सांस्कृतिक गन्तव्यसँग जोडेर एकीकृत पदमार्गका रूपमा विकास गर्न आवश्यक छ।

“यस्ता लुकेका गन्तव्यमा आधारभूत पूर्वाधार, पदमार्ग सुधार र पर्याप्त प्रचारप्रसार गर्न सके स्वदेशी तथा विदेशी पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ”, अध्यक्ष न्यौपानेले भने, “यसले स्थानीय अर्थतन्त्र, रोजगारी सिर्जना र सांस्कृतिक संरक्षणमा प्रत्यक्ष टेवा पुग्ने भएकाले स्थानीय तह, पर्यटन व्यवसायी र समुदायबिच सहकार्य आवश्यक छ।”

आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थलको संरक्षण तथा प्रवर्द्धनलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको बताए।

अध्यक्ष तामाङले भने, “डिल्पु कुण्डको प्राकृतिक र सांस्कृतिक महत्वलाई जोगाउँदै पदमार्ग व्यवस्थापन, सङ्केत बोर्ड स्थापना र आधारभूत पूर्वाधार निर्माणका लागि गाउँपालिकाले योजनाबद्ध रूपमा काम अघि बढाउनेछ। पर्यटन व्यवसायी र स्थानीय समुदायसँगको सहकार्यमा यस क्षेत्रलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न हामी प्रतिबद्ध छौँ।”

2