Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग १० महिनापछि सञ्चालन

दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग १० महिनापछि सञ्चालन
A A+ A-

चितवन। दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क उद्योगमा १० महिनापछि पुनः दूध आउन थालेको छ। कात्तिक लागेपछि बिदाका दिनबाहेक नियमित रूपमा दूध आउन थालेसँगै उद्योगले प्रशोधन सुरु गरेको छ।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार भदौ र असोजमा केही दिन आंशिक रूपमा सञ्चालन भएको उद्योगमा कात्तिकदेखि दूधको आपूर्ति बढेको हो। हाल दैनिक ५० देखि ६० हजार लिटर दूध प्रशोधनका लागि आउने गरेको उनले बताए। विगतका वर्षमा दैनिक ८० देखि ९० हजार लिटरसम्म दूध आउने गरेको थियो।

गत वर्ष दूध अभावका कारण उद्योग तीन महिना मात्र बन्द भएको थियो। यस वर्ष भारतीय सीमावर्ती क्षेत्रबाट आउने दूध रोकिएपछि अभाव भएको प्रबन्धक पराजुलीले बताए। सहकारी र डेरीले संकलन गरेको दूध सीधै बिक्री गर्न पाएपछि प्रशोधनका लागि उद्योगमा ल्याउन छाडेका कारण पनि आपूर्ति घटेको उनको भनाइ छ।

किसानबाट संकलित दूध बिक्री नभएपछि सहकारी र डेरीले बचत दूध उद्योगमा ल्याएर प्रशोधन गराउने गरेका छन्। उनीहरूले दूध प्रशोधन गरी धुलो दूध र नौनी उत्पादन गर्दै आएका छन्। दूध आउन छाडेपछि उद्योगले आफैँ दूध खरिद गरेर सञ्चालन गर्ने तयारी गरे पनि पर्याप्त दूध नपाउँदा त्यो सम्भव नभएको पराजुलीले बताए।

उनका अनुसार अहिले चितवन, मकवानपुर, नवलपरासी, रूपन्देही र सर्लाहीलगायत जिल्लाबाट दूध आउन थालेको छ। गत वर्ष बिक्री नभएपछि डेरी र सहकारीले उद्योगमा प्रशोधनका लागि ल्याएका नौनी, घ्यू र धुलो दूध अहिले लगिसकेका छन्। ती उत्पादन थन्किएर उद्योगका भण्डारणस्थल भरिएका थिए। अहिले भण्डारणस्थल खाली भएका छन्।

भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उक्त उद्योगले विसं २०७५ देखि डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्दै आएको छ। उद्योगले प्रतिलिटर दूधबाट धुलो दूध बनाउँदा ११३ र प्रतिकिलो नौनी (बटर) प्रशोधन गर्दा रु ५५ शुल्क लिने गरेको छ।

विसं २०६४ मा स्थापना भएको उद्योग विसं २०७२ को भूकम्पपछि बन्द भएको थियो। बन्द हुनुअघि उद्योग आफैँले दूध खरिद गरी प्रशोधन गरेर बजारमा बिक्री गर्ने गरेको प्रबन्धक पराजुलीले बताए।

2