काठमाडौँ। नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा एक हजार ९ सय रुपैयाँ घटेर २ लाख ६७ हजार दुई सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ३० रुपैयाँ घटेर ३ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो।
