काठमाडौं। नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ हजार ३ सय रुपैयाँले घटेको छ।
मंगलबार २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ लाख ६० हजार ९ सय रुपैयाँ कायम भएको छ। त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १ सय १० रुपैयाँले घटेर ३ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
