Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

तीन आयोजनाको ठेक्का सम्झौता अन्ततः तोडियो

तीन आयोजनाको ठेक्का सम्झौता अन्ततः तोडियो
A A+ A-

बाँके। तीन अलपत्र आयोजनाको ठेक्का सम्झौता अन्ततः तोडिएको छ । तोकिएको समयभित्र निर्माण तथा मर्मत सम्पन्न गर्न नसकेका आयोजनाको सम्झौता रद्द गरिएको हो ।

सडक डिभिजन कार्यालय नेपालगन्जमार्फत सञ्चालित रत्न राजमार्गअन्तर्गत जमुनाहादेखि पन्ध्रेखोलासम्मको सडकखण्डको मर्मत कार्य, बर्दियाको औरही नदी पुलको पहुँचमार्ग सुधार आयोजना र ठाकुरबाबास्थित ओम आदर्श विद्यालयदेखि भद्दी जोड्ने सडक सुधार आयोजनाको ठेक्का तोडिएको कार्यालयका प्रमुख नरेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

पटकपटक म्याद थप गर्दासमेत काम अघि बढ्न नसकेपछि ठेक्का तोड्ने निर्णय गरिएको हो । रत्न राजमार्गको उक्त खण्डको मर्मत कार्य गत वर्ष नै सम्पन्न गर्नुपर्ने थियो ।

त्यसैगरी, औरही नदी पुलको पहुँचमार्ग सुधार र ओम आदर्श विद्यालयदेखि भद्दी जोड्ने सडक सुधार आयोजना आर्थिक वर्ष २०८१/८२ भित्र सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयभित्र काम पूरा हुन सकेन ।

पटकपटक म्याद थप गर्दासमेत निर्माण कार्यले गति लिन नसकेपछि भौतिक पूर्वाधार मन्त्रालयको निर्देशनमा उक्त आयोजनाको ठेक्का सम्झौता तोडिएको हो ।

प्रगतिको सम्भावना नरहेका रुग्ण आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रियामार्फत निर्माण कार्य अघि बढाउन मन्त्रालयबाट आवश्यक निर्देशन आएकाले अब रुग्ण आयोजनालाई निरन्तरता दिनुको सट्टा नयाँ प्रक्रियाबाट काम अघि बढाउने तयारी भएको छ ।

सडक डिभिजन कार्यालय नेपालगन्जअन्तर्गत नयाँ प्रक्रियाबाट बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

सडक डिभिजन कार्यालय नेपालगन्ज र भरतपुर–३, चितवनस्थित एमआर एन्ड ग्रुपबीच गत कात्तिक १६ गते पुल निर्माणसम्बन्धी सम्झौता भएको कार्यालयका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर भट्टले जानकारी दिए ।

सम्झौताअनुसार निर्माण कम्पनीले ४२ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ । रु ६७ करोड ४५ लाख ६९ हजार १५० लागतमा निर्माण हुने दुई लेनको पुल ४२० मिटर लामो र ११ मिटर चौडा हुनेछ । निर्माण व्यवसायीले सम्झौताको नौ महिनाभित्र माटो परीक्षण प्रतिवेदन र पुलको डिजाइन स्वीकृत गराउनुपर्नेछ ।

सडक डिभिजन कार्यालय नेपालगन्जले २०८३ साल असारमा पुल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । ठेक्का प्रक्रियामा चार निर्माण व्यवसायीले प्रतिस्पर्धा गरेकामा प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्याङ्कनपछि एमआर एन्ड ग्रुप छनोट भएको कार्यालयले जनाएको छ ।

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दीघाटको पुरानो पुल हस्तान्तरण नहुँदै २०७२ सालको बाढीले भासिएको थियो । पुल भासिएपछि ठूला सवारीसाधनको आवागमन बन्द भए पनि पैदलयात्री, मोटरसाइकल र अटोरिक्साजस्ता साना सवारीसाधन सञ्चालन हुँदै आएका थिए ।

विसं २०७९ को बाढीले पुलका चारवटा मुख्य पिलर जोड्ने तीनवटा स्ल्याब बगाएपछि भने आवागमन पूर्ण रूपमा बन्द भएको भट्टले बताए ।

2